११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

३५ अर्ब घट्यो चौधरीको सम्पत्ति

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

न्यूजमधेश सम्बादाता
काठमाडौं ,२८ फाल्गुण। फोब्र्सले जारी गर्ने अर्बपतीको सूचीमा रहेका नेपालका व्यवसायी विनोद चौधरीको यसपटक भने सम्पत्ति घटेको छ ।

फोब्र्सको अर्बपतिको सूचीमा प्रवेश गरेदेखिनै सबै वर्षमा सम्पत्ति बढाउन सफल चौधरीको सम्पत्ति यो वर्ष ३० करोड अमेरिकी डलर अर्थात साढे ३५ अर्ब रुपैयाँले घटेको हो ।

फोब्र्सका अनुसार हाल चौधरीसँग १ अर्ब ४० करोड अमेरिकी डलरको सम्पत्ति रहेको छ । गतवर्ष फोर्ब्सले विश्वका अर्बपतिहरुको सूचि तयार पार्दा उनको सम्पत्ति १ अर्ब ७० करोड अमेरिकी डलर रहेको थियो ।

ब्लुमबर्गको बिलेनियर इन्डेक्सका अनुसार अलिबाबा ग्रुप होल्डिङकासंस्थापक ज्याक मा को सम्पत्ति ४४.५ अर्ब डलर रहेको छ । उनको यो सम्पत्ति मुकेश अम्बानीको भन्दा २.६ अर्ब डलर धेरै हो । सन् २०१८ को मध्यदेखि ज्याकमा पछि परेपनि हाल उनी पहिलो स्थानमा आएका हुन् ।

साउदी अरेबिया र रुसले बजार हिस्सा बढाउन थप तेल उत्पादन गरेपछि तेलको भाउ बिगत २९ वर्ष यताकै तल झरेको छ । एकातिर उत्पादन धेरै हुनु र कोरोना भाइरसको त्रासले बजारबाट माग पनि घट्नुले तेलको मागमा पनि दशककै सबैभन्दा कमी आएको छ ।

तेलको मूल्यमा आएको गिरावटका कारण अम्बानीको फ्ल्यागशिप कम्पनी रिलायन्स इन्डस्ट्रीजलाई नराम्ररी धक्का पुगेको छ । आगामी सन् २०२१ मा रिलायन्सले आफ्नो सबै कर्जा तिरिसक्ने घोषणा गरेका मुकेशलाई यो अवस्थाले अझै अफ्ठेरो पारेको छ ।

उनले कम्पनीको तेल र पेट्रोकेमिकल डिभिजन साउदी अरेबियन तेल कम्पनी आरामकोलाई बेच्ने योजना अनुसार प्रस्ताव समेत तयार भैसकेको छ ।

कोरोना भाइरसका कारण अलिबाबाको ब्यापारमा केही कमी आएको देखिन्छ । तर पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल एपको माग भने बढिरहेको छ ।

अहिलेकै अवस्थामा रिलायन्स इन्डस्ट्रीसँग भने अलिबाबाको जस्तो खुशी हुनका लागि महत्वपूर्ण अवसर देखिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ । चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्ने र दसैँ ,तिहारका लागि खाद्य,व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्न लागेको हो । कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेका अनुसार दसैँका […]

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिक रूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्दै आएका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहज रूपमा चलाएका छन् । ‘एक दशकदेखि काँक्रो […]

दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो ।आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए […]