०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

अदालतमा कार्यरत एक कर्मचारी दुई लाख घुस सहित पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२९फाल्गुण। कपिलवस्तु जिल्ला अदालतमा कार्यरत दोभासेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले दुई लाख रुपैयाँ रंगेहाते घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीका ठगी मुद्दाकाे सहजीकरण गरिदिन का लागि घुस लिदै गरेको अवस्था मा अदालतका दोभासे विश्वनाथ चौधरी (कुर्मी ) लाई नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले बताए ।

कपिलबस्तु नगरपालिका वडा १ गौढीचौकमा रहेको महामाया अफसेट प्रेसबाट विश्वनाथ चौधरीलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]