२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरियो ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र शुरु गरिसकेको बताएका छन् । उनले प्रदेशमा भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरी संघीयता नष्ट गर्ने षडयन्त्र शुरु गरिसकिएको बताए ।

तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मुख्यमन्त्रीसहित प्रदेश सरकारको चर्काे आलोचना गरेपछि मुख्यमन्त्री राउतले यसमा आफू र प्रदेश सरकार कुनै दोषी नभएको प्रष्टिकरण दिए । मुख्यमन्त्री राउतले भुक्तानी विवाद खडा गरेर केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयता समाप्त पार्ने षड्यन्त्र शुरु गरेको बताए ।

प्रदेश सभा, मन्त्री परिषद्ले एकमत भएर भुक्तानी दिने निर्णय गरेपछि कर्मचारीले कार्यान्वयन नगरेको मुख्यमन्त्री राउतको भनाई छ । ‘सार्वभौम अधिकार सम्पन्न प्रदेश सभा र प्रदेशको कार्यकारी अधिकार मन्त्री परिषद्को निर्णय कार्यान्वयन नगर्ने निकाय मन्त्री र मुख्यमन्त्री हो ?’ राउतले भने, “कार्यान्वयन गर्ने त कर्मचारी हो नि । मुख्यमन्त्री र मन्त्रीले निर्देशन मात्रै दिन सक्छन् ।”

संघीयतालाई समाप्त पार्न संघीय सरकारले कर्मचारीलाई तालिमै दिएर यहाँ पठाइने गरेको बताए । ‘यहाँ कस्तो कर्मचारी पठाइन्छ, कस्तो तालिम दिएर पठाइन्छ’ उनले भने, “प्रदेश २ मा आउने, तर काम नगर्ने । यहाँ आउने अनि निर्देशन त्यहींको हुने ।”

‘के केपी ओली नेतृत्वको सरकारको निर्णय, संघीय संसदको निर्णय कुनै कर्मचारी या निकायले मान्दैन भन्न सक्छ ?’ उनले थपे, “तर यहाँ आएपछि यस्तो मानसिकता किन ?”

आफ्नै मन्त्रालयमा काम गर्ने एक जना सचिव नभएको भन्दै उनले रातारात भर्ना गरेर सचिव नियुक्ति गर्न नसकिने बताए । ‘एक जना सचिव आउन नचाहने, आएकाले पनि काम नगर्ने यो के हो ?’ उनले भने, “कर्मचारी छैन, सचिव छैन भन्ने कुरा म कसलाई सुनाउन जाऊँ ।”

आफू तीन पटक काठमाडौं गएर संघीय मामिला मन्त्रालय गएर कर्मचारी अभावबारे जानकारी गराइसकिएको उनले बताए ।

मुख्यमन्त्री राउतले आफ्नो र प्रदेश सरकारको कारण भुक्तानी नरोकिएको उल्लेख गरे । केन्द्रीकृत मानसिकता बोकेकाहरु संघीयतालाई असफल बनाउन भुक्तानी विवाद सृजना गरेको भन्दै उनले आफूले यसका निम्ति इमान्दारीपूर्वक प्रयास गरेको बताए । ‘गीता र कुरानमा हात राखेर, शपथ खाएर भन्छु मेरो प्रयास इमान्दार छ र इमान्दार प्रयास रहीरहनेछ ।”

संघीयतालाई असफल बनाउनका लागि खेलिएको यो खेल सफल हुन नदिने भन्दै मुख्यमन्त्री राउतले यसकाबिरुद्व जनकपुरधामको जुनसुकै चोकमा धर्ना बस्न पनि तयार रहेको बताए । ‘संघीयतालाई बर्बाद गर्न खोजिएकोबिरुद्व धर्ना बस्न तयार छु । तपाईंहरु पनि सहयोग गर्नुस्’ उनले भने ।

भुक्तानी सम्बन्धमा एउटा रोडम्याप बनाउन सबै दलका नेतासँग आग्रह गर्दै उनले यसमा उपभोक्ता समितिलाई पनि राख्न आग्रह गरे । यसपछि भुक्तानी कसका कारण रोकिएको हो भन्ने कुरा थाहा हुने उनले बताए । सबै मिलेर भुक्तानी बिषयमा गम्भीर बन्न र गल्ती गर्नेलाई कार्वाहीको दायरामा ल्याउन प्रदेश सभालाई तयार रहनुपर्ने उनले बताए ।

उनले संघीयतालाई समप्त पार्ने खेलमा संघीय सरकारले बिभिन्न हथकण्डा अपनाउन थालेको बताए । यसका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रयोग गर्न खोजेको उनको आशय छ ।

भ्रष्टाचार भएको पाइएपछि अख्तियारले छानबिन गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ’ उनले भने, “तर भुक्तानी नै नभएका फायल पनि अख्तियारले लगेको छ ।”

उनले भुक्तानी नै नभएका फायल किन र कसरी गयो ? भनी प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]