१८ कार्तिक २०८२, मंगलबार
04-11-2025 , Tue
×

भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरियो ः मुख्यमन्त्री राउत

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१ चैत्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयतालाई समाप्त पार्ने षड्यन्त्र शुरु गरिसकेको बताएका छन् । उनले प्रदेशमा भुक्तानी विवादलाई अवसरको रुपमा प्रयोग गरी संघीयता नष्ट गर्ने षडयन्त्र शुरु गरिसकिएको बताए ।

तीन महिनापछि शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सांसदहरुले मुख्यमन्त्रीसहित प्रदेश सरकारको चर्काे आलोचना गरेपछि मुख्यमन्त्री राउतले यसमा आफू र प्रदेश सरकार कुनै दोषी नभएको प्रष्टिकरण दिए । मुख्यमन्त्री राउतले भुक्तानी विवाद खडा गरेर केन्द्रीकृत मानसिकता भएकाहरुले संघीयता समाप्त पार्ने षड्यन्त्र शुरु गरेको बताए ।

प्रदेश सभा, मन्त्री परिषद्ले एकमत भएर भुक्तानी दिने निर्णय गरेपछि कर्मचारीले कार्यान्वयन नगरेको मुख्यमन्त्री राउतको भनाई छ । ‘सार्वभौम अधिकार सम्पन्न प्रदेश सभा र प्रदेशको कार्यकारी अधिकार मन्त्री परिषद्को निर्णय कार्यान्वयन नगर्ने निकाय मन्त्री र मुख्यमन्त्री हो ?’ राउतले भने, “कार्यान्वयन गर्ने त कर्मचारी हो नि । मुख्यमन्त्री र मन्त्रीले निर्देशन मात्रै दिन सक्छन् ।”

संघीयतालाई समाप्त पार्न संघीय सरकारले कर्मचारीलाई तालिमै दिएर यहाँ पठाइने गरेको बताए । ‘यहाँ कस्तो कर्मचारी पठाइन्छ, कस्तो तालिम दिएर पठाइन्छ’ उनले भने, “प्रदेश २ मा आउने, तर काम नगर्ने । यहाँ आउने अनि निर्देशन त्यहींको हुने ।”

‘के केपी ओली नेतृत्वको सरकारको निर्णय, संघीय संसदको निर्णय कुनै कर्मचारी या निकायले मान्दैन भन्न सक्छ ?’ उनले थपे, “तर यहाँ आएपछि यस्तो मानसिकता किन ?”

आफ्नै मन्त्रालयमा काम गर्ने एक जना सचिव नभएको भन्दै उनले रातारात भर्ना गरेर सचिव नियुक्ति गर्न नसकिने बताए । ‘एक जना सचिव आउन नचाहने, आएकाले पनि काम नगर्ने यो के हो ?’ उनले भने, “कर्मचारी छैन, सचिव छैन भन्ने कुरा म कसलाई सुनाउन जाऊँ ।”

आफू तीन पटक काठमाडौं गएर संघीय मामिला मन्त्रालय गएर कर्मचारी अभावबारे जानकारी गराइसकिएको उनले बताए ।

मुख्यमन्त्री राउतले आफ्नो र प्रदेश सरकारको कारण भुक्तानी नरोकिएको उल्लेख गरे । केन्द्रीकृत मानसिकता बोकेकाहरु संघीयतालाई असफल बनाउन भुक्तानी विवाद सृजना गरेको भन्दै उनले आफूले यसका निम्ति इमान्दारीपूर्वक प्रयास गरेको बताए । ‘गीता र कुरानमा हात राखेर, शपथ खाएर भन्छु मेरो प्रयास इमान्दार छ र इमान्दार प्रयास रहीरहनेछ ।”

संघीयतालाई असफल बनाउनका लागि खेलिएको यो खेल सफल हुन नदिने भन्दै मुख्यमन्त्री राउतले यसकाबिरुद्व जनकपुरधामको जुनसुकै चोकमा धर्ना बस्न पनि तयार रहेको बताए । ‘संघीयतालाई बर्बाद गर्न खोजिएकोबिरुद्व धर्ना बस्न तयार छु । तपाईंहरु पनि सहयोग गर्नुस्’ उनले भने ।

भुक्तानी सम्बन्धमा एउटा रोडम्याप बनाउन सबै दलका नेतासँग आग्रह गर्दै उनले यसमा उपभोक्ता समितिलाई पनि राख्न आग्रह गरे । यसपछि भुक्तानी कसका कारण रोकिएको हो भन्ने कुरा थाहा हुने उनले बताए । सबै मिलेर भुक्तानी बिषयमा गम्भीर बन्न र गल्ती गर्नेलाई कार्वाहीको दायरामा ल्याउन प्रदेश सभालाई तयार रहनुपर्ने उनले बताए ।

उनले संघीयतालाई समप्त पार्ने खेलमा संघीय सरकारले बिभिन्न हथकण्डा अपनाउन थालेको बताए । यसका निम्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि प्रयोग गर्न खोजेको उनको आशय छ ।

भ्रष्टाचार भएको पाइएपछि अख्तियारले छानबिन गर्नुपर्ने व्यवस्था संविधानले गरेको छ’ उनले भने, “तर भुक्तानी नै नभएका फायल पनि अख्तियारले लगेको छ ।”

उनले भुक्तानी नै नभएका फायल किन र कसरी गयो ? भनी प्रश्न गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]