२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

वीरगंजको मुर्लीमा सांसद यादवद्वारा बिबाह भवनको शिलन्यास

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

रंजित चौरसिया
वीरगंज,२ चैत्र।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक कार्यक्रमका बिच विधिवत पूजा पाठ गरी शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं. १ को वीरगंज महानगरपालिका वडा नं. १२ मा पर्ने मूर्ली गाउँका विभिन्न समुदायको बिबाह, समाजिक कार्यक्रम लगायत गरिब, निमुखाहरुले पनि खुसियालीका साथ धुमधामसंग बिबाह गर्न सजिलो हुने गरि बिबाह भवनको शिलन्यास गरिएको सांसद यादवले बताए ।

उनले समाजको उनतीका लागि गर्न सकिने सम्पूर्ण कार्यमा आफ्नो उत्साह जनक सहभागिता रहने गरि र कार्य गरिने प्रतिबधत्ता जाहेर गरे साथै बिकाश निर्माणको कुनै कार्यमा कुनै किसिमको गल्ति न गरिने र सबै बिकाश कार्यको निगरानी गर्न सम्पूर्ण समाजको दायित्व भएको हुनाले विकास का कार्यमा हाथेमालो गरि अगाडी बढ्न आग्रह गरे ।

शिलन्यास कार्र्यक्रममा जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारी,वार्ड न.१२ का अध्यक्ष रामदरश कुशवाहा , नगरपालिका सदस्य रमेश साह कानु,सुराती देवी ,निलम कुमारी कुशवाहा , समाजवादी पार्टी का जिल्ला सदस्य मुस्तकिम हवारी ,नगर उपाध्यक्ष सेख रुस्तम ,संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायत सैकड़ो स्थानीयको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]