०७ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

नेपाली भूमि भारतमा परेपछि सीमा स्तम्भ भत्काए

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
कैलाली,२ चैत्र। कंचनपुरको दक्षिण भेगमा संयुक्त सीमा टोलीले नेपाली भूमिमा गाडेको सीमा स्तम्भ स्थानीयवासीले तोडेका छन्। नेपाल भारत संयुक्त सर्भे टोलीले बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा भर्खरै राखेको ७८३ र ४ नम्बर पिल्लर स्थानीयवासीहरूले हतौडा र ढुंगा प्रहार गरी भत्काइदिएका हुन्।

नयाँ सर्भेको क्रममा सीमा स्तम्भ गाडेर नेपाली लालपुर्जा रहेको जमिन भारततर्फ पारिएको भन्दै स्थानीयले विरोध गर्दै तोडफोड गरेका हुन् । अहिले सीमा सर्भेको कामसमेत रोकिएको छ । ५० वर्षभन्दा बढी समयदेखि बस्दै आएको उक्त वस्तीका वासिन्दाको जमिन भारतमा परेसँगै त्यस क्षेत्रमा सीमा विवाद बढेको हो।

नेपाली कांग्रेस कंचपुरका सभापति हरिप्रसाद बोहराले आफूहरूको अनुगमनको क्रममा सरकारी लापरबाहीका कारण नेपाली भूमि भारतमा परेको बताए। तर आफूहरु उक्त विवादित क्षेत्रमा पुग्नुअघि नै स्थानीयवासीले पिल्लर तोडफोड गरेको उनले जानकारी दिए। सीमा स्तम्भ भत्काइएसँगै त्यस क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]