०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

६७ वर्षीय ज्येष्ठ नागरिकको हत्या प्रयास, आरोपित पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र ०२, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज ,२ चैत्र । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्या प्रयास भएको छ । हत्या प्रयासको आरोपमा आज एक युवक पक्राउ परेका छन् ।

धारिलो हतियारले घाँटी काटेर हत्याको प्रयास गरेको आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २० वर्षीय मुकेश मण्डललाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका आरोपितलाई घाइतेले पहिचान गरेपछि कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक नवराज कार्कीले बताउनुभयो ।

पीडितको घाँटीमा गम्भीर घाउ भएको र ६० टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि घाइतेको उपचार शुरु भएको छ ।

घरमा सुतिरहेका बेला बिहीबार मध्यराति आरोपितले दराज खोलेर सामान खोतलिरहेका बेला ब्युँझेर रोक्न खोज्दा आरोपितले आक्रमण गरेको घाइते साहले बताउनुभयो । घरभित्र प्रवेश गरेका आरोपितले भुइँमा लडाइँ चक्कुले घाँटी काटेको पीडितले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]