१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

सांसद प्रदिप यादवद्वारा छठघाटको शिलन्यास

Logo
प्रकाशित सोमबार, चैत्र ०३, २०७६

रंजित चौरसिया
वीरगंज,३ चैत्र। समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन ।

पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदीय कोषबाट रु १० लाखको लागतमा छठ घाट निर्माण स्थलको शिलन्यास गरिएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै सांसद यादवले मधेशी समुदायको साथसाथै पछिल्लो समय गैरमधेशीहरुले पनि छठ पूजाप्रतिको आस्था र विश्वासप्रति भावुक हुँदै छठपूजा गरेकोले समाजका अन्य धर्मावल्मबीहरुलाई एकताबद्ध राख्न पनि यसको निकै ठुलो महत्व रहेको बताए ।

खास गरि मधेशी समुदायहरुमा परम्परादेखी नै छठपूजााप्रतिको आस्था र विश्वास अटल रहेको बताउँदै उनले विभिन्न समुदायले सामूहिक रुपमा गरिने छठपर्वको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताए ।

समाजमा रहेका विभिन्न विकृति, विसंगतिलाई अन्य गर्न सबै समुदाय एकजुट भई विकास निर्माणको कार्यमा अगाडी बढ्नु पर्ने सांसद सुझाव दिए ।

कार्यक्रममा वडा न .२२ का अध्यक्ष ग्यसुदीन मिया ,समाजवादी पार्टीका क्षेत्रीय सचिव राधाकिशन रौनियार , नगर उपाध्य्क्ष सेख रुस्तम ,वडा न.२१ का एकाई अध्यक्ष निरन्जन पटेल नगर सदस्य भोज महतो ,जवाहिर महतो ,कृष्ण कुशवाहा ,सर्वन पटेल,रञ्जन पटेल लगायत युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]