०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

नसर्ने रोग सम्बन्धि अन्तरक्रिया

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

कमल मण्डल
राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका वडाध्यक्ष, वडाका सचिव,विद्यालयका प्रधानाध्यापकहरु लगायतका सहभागीता रहेको थियो । रक्तचाप, मधुमेह, क्यान्सर लगायतका नसर्ने रोगहरुको लक्षण तथा यस्ता रोगहरुबाट जोगिन अपनाउनुपर्ने तरिकाहरुबारे सहभागीलाई जानकारी दिइएको थियो ।

अकालमृत्युबाट रोक्न,रोग बृद्धि हुन नदिन र मृत्युदर घटाउनका लागी यस्ता कार्यक्रमको आयोजना गरिएको गाउँपालिका जनस्वास्थ्य निरिक्षक दिपक मण्डलले जानकारी दिएका छन् ।जिल्ला जनस्वास्थ्य सप्तरीका भेक्टर कन्ट्रोल निरिक्षक नारायण प्रसाद राउतले नसर्ने रोग सम्बन्धि प्रशिक्षण गर्दै कोरोना भाइरसका लक्ष्ण तथा जोगीने उपायहरुबारे समेत जानकारी दिए ।

यस्ता अभिमुखिकरण कार्यक्रम एक दमै फलदायी रहेको मधेपुराका शिक्षक राम यादवले बताए । उनले भने कार्यक्रममा सिकेकाकुरा आफ्ना समुदायमा गई व्यवहारमा अपनाउने छु । कार्यक्रममा सहभागीहरुबाटै मधुमेह र रक्तचापका प्रयोगात्मक परिक्षण शुरु गरेका थिए ।

परीक्षणका क्रममा सहभागीमध्ये २ जनालाई मधुमेह देखिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले आफना मन्तव्य व्यक्त गरे ।कार्यक्रम सञ्चालन सोहि गाउँपालिकाका जनस्वास्थ्य अधिकृत भुपेन्द्र झाले गरे भने स्वागत मन्तव्य नि. प्रमुख प्रशासकिय अधिकृत राजु कुमार झाले व्यक्त गरे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]