२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

नसर्ने रोग सम्बन्धि अन्तरक्रिया

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

कमल मण्डल
राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।

तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका वडाध्यक्ष, वडाका सचिव,विद्यालयका प्रधानाध्यापकहरु लगायतका सहभागीता रहेको थियो । रक्तचाप, मधुमेह, क्यान्सर लगायतका नसर्ने रोगहरुको लक्षण तथा यस्ता रोगहरुबाट जोगिन अपनाउनुपर्ने तरिकाहरुबारे सहभागीलाई जानकारी दिइएको थियो ।

अकालमृत्युबाट रोक्न,रोग बृद्धि हुन नदिन र मृत्युदर घटाउनका लागी यस्ता कार्यक्रमको आयोजना गरिएको गाउँपालिका जनस्वास्थ्य निरिक्षक दिपक मण्डलले जानकारी दिएका छन् ।जिल्ला जनस्वास्थ्य सप्तरीका भेक्टर कन्ट्रोल निरिक्षक नारायण प्रसाद राउतले नसर्ने रोग सम्बन्धि प्रशिक्षण गर्दै कोरोना भाइरसका लक्ष्ण तथा जोगीने उपायहरुबारे समेत जानकारी दिए ।

यस्ता अभिमुखिकरण कार्यक्रम एक दमै फलदायी रहेको मधेपुराका शिक्षक राम यादवले बताए । उनले भने कार्यक्रममा सिकेकाकुरा आफ्ना समुदायमा गई व्यवहारमा अपनाउने छु । कार्यक्रममा सहभागीहरुबाटै मधुमेह र रक्तचापका प्रयोगात्मक परिक्षण शुरु गरेका थिए ।

परीक्षणका क्रममा सहभागीमध्ये २ जनालाई मधुमेह देखिएको थियो । तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष दिनेश्वर मिश्रले आफना मन्तव्य व्यक्त गरे ।कार्यक्रम सञ्चालन सोहि गाउँपालिकाका जनस्वास्थ्य अधिकृत भुपेन्द्र झाले गरे भने स्वागत मन्तव्य नि. प्रमुख प्रशासकिय अधिकृत राजु कुमार झाले व्यक्त गरे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]