२२ पुष २०८२, बुधबार
07-01-2026 , Wed
×

मास्क वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र ०४, २०७६

न्यूजमधेश सम्बादाता
जीतपुर, ४ चैत्र । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालय र सचेत युवा समुहको संयुक्त आयोजनामा कोरोना भाईरस विरुद्धको अभियान शुरु गरेको छ ।कोरोना भाईरसको त्रास नेपालमा पनि बढ्दै गईरहेका बेला वडा कार्यालयले कोरोनाभाईरस विरुद्धको अभियान शुरु गरेको हो ।

अभियान स्वरुप वडा कार्यालयले १५ सय मास्क वितरण गरेको छ । सचेत युवाहरुको सहयोगमा वडा कार्यालयले १५ सय मास्क वितरण गरेको वडा अध्यक्ष केदार बजगाईले जानकारी दिए ।१५ सय मास्क मध्य १०० वटा मास्क जनजागृती माद्ययमिक बिद्यालय सखुवाघाटलाई वितरण गरिएको अध्यक्ष बजगाईले बताए ।

अभियान अन्र्तगत जनचेतना मुलक कार्यक्रम,गर्न टोल, टोलमा पुगेर कोरोना विरुद्ध लड्ने क्षमताको विकास,सरसफाई सम्बन्धी चेतना मुलक कार्यक्रम लगायत गरिने अध्यक्ष बजगाईले जानकारी दिए ।

अध्यक्ष बजगाईले बृद्धाद्धय लालबहादुर कुईकेल र लक्ष्मी प्रसाद उप्रेतीलाई मास्क बितरण गरेर अभियानको सुरुवात गरेका थिए । मास्क जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं.१६ ,१७ र १८ मा बितरण गरिएको थियो । अभियानमा सचेत युवा समुहका संयोजक रामचन्द्र भट्टराई ,समाजसेवी रोशन उप्रेती ,कुमार तिमलसिना, मलक नेपाल,हरिदेव खरेल, गंगा दंगाल लगायतको उपस्थिती रहेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]