२६ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
×

राजपामा रकम चलखेल

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।”

यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।”

१० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला अधिकारी भइसकेका पूर्व रक्षा सचिव तिलकराम शर्मा हुन् । यो वार्तालापले सिंहले शर्मासँग रकम लिएको र १० दिनभित्र बुझाइदिने बुझिन्छ । तर, यस्तो होइन् । शर्माले सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकाका शेखर सिंहलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदबार बनाउन राष्ट्रिय जनता पार्टी (राजपा) का शिर्षस्थ नेतालाई रकम बुझाएको हालै एउटा अडियो सार्वजनिक भएको छ ।

राजपाका उपाध्यक्ष समेत रहेका सिंहलाई राजपा शिर्षस्थले रु अढाई करोड रकम मागेको र उक्त रकममध्ये डेड करोड शर्माले व्यवस्था गरेर बुझाएको उक्त अडियोबाट बुझ्न सकिन्छ ।

शेखर सिंह उम्मेदबार बनेर राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित समेत भइसकेका छन् । उनलाई उम्मेदबार बनाउन शर्माले अन्य व्यक्तिसँग लिएर रकम राजपा अध्यक्ष मण्डललाई बुझाएका हुन् । सिंहले शर्मालाई चाँडै रकम बुझाउने बताएका थिए । तर रकम नबुझाउँदा शर्माले सप्तरीकै ज्योति झाको मोवाइलबाट फोन गरेर सिंहकै भतिजा लाग्ने सुरजितसँग कुरा गरेका हुन् । सोही कुराकानीको भिडियो बाहिरिएको हो ।

झाले शर्मालाई सुरजितसँग कुराकानी गराएका छन् । झाको मोवाइलमा सुरजितले कुरा गर्दा शेखरसँग आफ्नो सम्बन्ध राम्रो नभएको समेत बताएका छन् । तर पनि उनले काठमाडौं आएपछि पहल गर्ने आश्वासन समेत शर्मालाई दिएका छन् ।

‘मैले पार्टीका राजकिशोर यादवज्यूसँग कुरा गरेको छु’ उनले भने, “१० दिन केहि नबोल्नुस् । नभै पार्टीको इज्जत जान्छ ।”

इो आश्वासनपछि शर्माले ठिक छ भनेका छन् । ‘जोसँग रकम लिएको छु, उसले दबाब दिन थालेका छन्’ शर्माले भने, “यथासक्य चाँडो पहल गरिदिनुस् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]