१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

राजपामा रकम चलखेल

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।”

यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।”

१० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला अधिकारी भइसकेका पूर्व रक्षा सचिव तिलकराम शर्मा हुन् । यो वार्तालापले सिंहले शर्मासँग रकम लिएको र १० दिनभित्र बुझाइदिने बुझिन्छ । तर, यस्तो होइन् । शर्माले सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकाका शेखर सिंहलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेदबार बनाउन राष्ट्रिय जनता पार्टी (राजपा) का शिर्षस्थ नेतालाई रकम बुझाएको हालै एउटा अडियो सार्वजनिक भएको छ ।

राजपाका उपाध्यक्ष समेत रहेका सिंहलाई राजपा शिर्षस्थले रु अढाई करोड रकम मागेको र उक्त रकममध्ये डेड करोड शर्माले व्यवस्था गरेर बुझाएको उक्त अडियोबाट बुझ्न सकिन्छ ।

शेखर सिंह उम्मेदबार बनेर राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित समेत भइसकेका छन् । उनलाई उम्मेदबार बनाउन शर्माले अन्य व्यक्तिसँग लिएर रकम राजपा अध्यक्ष मण्डललाई बुझाएका हुन् । सिंहले शर्मालाई चाँडै रकम बुझाउने बताएका थिए । तर रकम नबुझाउँदा शर्माले सप्तरीकै ज्योति झाको मोवाइलबाट फोन गरेर सिंहकै भतिजा लाग्ने सुरजितसँग कुरा गरेका हुन् । सोही कुराकानीको भिडियो बाहिरिएको हो ।

झाले शर्मालाई सुरजितसँग कुराकानी गराएका छन् । झाको मोवाइलमा सुरजितले कुरा गर्दा शेखरसँग आफ्नो सम्बन्ध राम्रो नभएको समेत बताएका छन् । तर पनि उनले काठमाडौं आएपछि पहल गर्ने आश्वासन समेत शर्मालाई दिएका छन् ।

‘मैले पार्टीका राजकिशोर यादवज्यूसँग कुरा गरेको छु’ उनले भने, “१० दिन केहि नबोल्नुस् । नभै पार्टीको इज्जत जान्छ ।”

इो आश्वासनपछि शर्माले ठिक छ भनेका छन् । ‘जोसँग रकम लिएको छु, उसले दबाब दिन थालेका छन्’ शर्माले भने, “यथासक्य चाँडो पहल गरिदिनुस् ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]