२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

प्रहरीले नियम विपरित कुखुरा नष्ट गरेको व्यापारीको आरोप

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुराधाम,७ चैत्र। प्रहरीले जर्वजस्ती आफ्नो कुखुराको चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको सर्लाहीका एक पोल्ट्री व्यवसायीले आरोप लगाएका छन् ।

सर्लाहीको लालबन्दीमा रहेको यादव सप्लायर्स पोल्टी फर्मका संचालक रामवीर यादवले यस्तो आरोप लगाएका हुन् । उनले काठमाडौँ डेलिभरी गर्नका लागि किनेको कुखुरा प्रहरीले जबरजस्ती नियन्त्रण्मा लिएर नष्ट गरेको आरोप लगाएका छन् । उनले प्रहरीले व्यावसायीलाई मार पर्नेगरी काम गरिरहेको पनि गुनासो गरे ।

उनी विगत १९ वर्षदेखि कुखुरा व्यवसाय गर्दै आएका छन् । उनले काठमाडौँको प्रतिभा मिट हाउस प्रालिमा डेलिभरी गर्नका लागि फागुन २२ गते राति साढे ९ बजे सिरहा माडरबाट अढाई लाख मूल्य बराबरको कुखुरा खरिद गरेका थिए । क्वारेन्टाइनबाट समेत बिल लिएपनि सिरहा नगरपालिका ७ स्थित ट्राफिक बिट नजिक सोही राति १० बजे गाडी सहित कुखुरा नियन्त्रणमा लिएको गुनासो पोखे ।

उनले नियन्त्रणमा लिएको कुखुरा छुटाउन फागुन २२ गते डिएसपी विनोद घिमिरेसंग कुरा गर्दा समेत कुनै पहल नगरेको दुखेसो पोखेका छन् । आफूले सबै नियम प्रकृया पूरा गरेको सुनाउँदा समेत डिएसपी घिमिरेले वास्ता नगरेको उनको भनाई छ ।

प्रहरीले आफ्नो ना ४ च ९३६४ नम्बरको गाडी भन्सारमा पठाएको र सवारी चालकलाई समेत १८ दिनदेखि प्रहरीले नियन्त्रणमा उनले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]