२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बर्दियामा चैते धान रोपाइँ शुरु

Logo
प्रकाशित शुक्रबार, चैत्र ०७, २०७६

न्यूजमधेश सम्बादाता
राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ ।

गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको कार्यालयले जनाएको छ ।

चैते धानको क्षेत्रफल बढाउन किसानलाई अनुदानमा बीउ वितरण, धानको नर्सरी ब्याडलाई चिसोबाट जोगाउन किसानलाई प्लास्टिक वितरण, पावर ट्रिलर, रिफर जस्ता साना हाते मेशिनरी समूहमा वा व्यक्तिगत रुपमा पनि अनुदानमा सहयोग, सिँचाइका लागि मोटर, सिँचाइ प्रणलीमा व्यवस्थापन गर्न सहयोग गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनका अध्यक्ष अग्निप्रसाद अर्यालले जानकारी दिनुभएको छ । चैते धानकै लागि राजापुर क्षेत्रमा चारवटा कस्टम हेयरिङ सेन्टरको स्थापना भइसकेको र यस वर्ष दुईदेखि तीनवटा स्थापना हुने तयारीमा रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

राजापुर क्षेत्रका किसानलाई चैते धान उत्पादनमा आकर्षित गर्न राजापुर क्षेत्रमा सुपरजोनको कार्यालयको एक करोड ५० लाख तथा समूह अथवा व्यवसायीको समान लगानीमा तीन करोड बराबरको आधुनिक चामल उद्योग स्थापनाको प्रक्रियामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख तपेन्द्रबहादुर शाहाले बताउनुभयो ।

धान उत्पादनको दृष्टिले हब नै रहेको भौरा क्षेत्रको नगरपालिका र गाउँपालिकाका धेरथोर सबै वडामा धान रोपिने कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]