०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

मणिपालमा आइसोलेसन सेन्टर खोल्ने तयारी

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ ।

शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग गर्ने बताइएको छ ।

खतरनाथ कोरोना भाइरस यतिबेला विश्वमा फैलिसकेको छ । परोसी मुलुक भारतमा समेत कोरोनाका सयौं सक्रिमित रहेका पुष्टि भइसकेका कारण प्रदेश २ का जिल्लाहरु उच्च जोखिममा छ । तर हालसम्म आइसोलेसन वार्ड प्रदेश २ मा छैन ।

प्रदेश २ सरकारले समेत आठै जिल्लामा क्वारेन्टाइन र आइसोलेसन सेन्टर निर्माणको तयारी थालिसकेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]