१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

सांसद प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गर्दै

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

रंजित चौरसिया
वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्।

आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए।

विश्वस्तरमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोगिन श्वसन स्वच्छता र हात स्वच्छता आवश्यक रहेको उनले बताए ।

सांसद यादवले जनस्तरमा अहिले पनि कोरोना संग जोगिने उपायहरुबारे अधिक जानकारी नभएको कारण पनि आफुले मास्क र सेनिटाईजर वितरण गर्दै जागरुकता फैलाउन प्रयास गरेको भने ।

उनले सबैलाई नेपाल सरकार र डब्ल्युएचओले दिएको निर्देशन अनुसार श्वसन स्वच्छता र हात स्वच्छताका तरिका अपनाएर आफुलाई र अरुलाई यो रोगबाट बचाउन आग्रह गरे।

उनले सबैलाई सामाजिक दुरी बनाएर सावधानी अपनाउदै आवश्यक परे मात्र घर बाहिर निस्किन सुझाव दिए ।

समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका यादवले लगभग २ हजार थान मास्क र सेनिटाईजर वितरण गरेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए । बरनवालले आगामी दिनमा आवश्यक परे थप सहयोग बाड्न सांसद यादव तयार रहेको बताए ।

यादवको नेतृत्वमा गएको टोलिमा जिल्ला समन्वय समिति पर्साका संयोजक नेक महमद अंसारी, प्रदेश सांसद जन्नत अंसारी, समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद, वीरगंजम हानगर अध्यक्ष इशवर यादव लगायतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]