०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

बालबिबाह बारे सर्वे स्वयंसेवकलाई अभिमुखिकरण तालिम

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

जितेन्द्र अक्षत
जनकपुरधाम,१० चैत्र।राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले महिला अधिकार जोखिममा परेका कारण महिला बचाउका लागि अनेकन प्रयास थालिएपनि बालबिबाहका कारण महिलाहरु भने आफ्ना अधिकारबाट बन्चित भइ नै रहेका छन।

नेपालको सन्दर्भमा हेर्दा तराइ मधेस यो समस्याको भने मुख्य जरा रहेको छ।कम उमेरमा बिबाह तथा बालबिबाहबाट महिनौपिच्छे नारीहरु सरकारी सेवा सुबिधाबाट बन्चित भइरहेका छन।

कहि चलन त कहि बाध्यताले अभिभावकहरु छोरिलाइ कम उमेरमा बिहाबारी गरि आफ्नो अभिभावक्त्व पूरा गरेको बुझ्छन।तर यथार्थमा हेर्ने हो भने महिला अधिकार हनन भएकै हो।कारण समाज होस वा परिपाटी तर महिला भने यसको चपेटामा परेकै हुन।

यस्तैमा बालबिबाह उन्मुलनको क्षेत्रमा सेफ नेपाल धनुषाले बालबिबाह उन्मुलन अभियानको थालनी गरेका छन।मानवाधिकारको क्षेत्रमा कार्यरत उक्त संस्थाले कार्यक्षेत्र धनुषाको शहिदनगर नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा बालबिबाहको यथार्थ अवस्था बुझ्न शनिबार स्वयंसेवकहरुलाइ बेसलाइन सर्वे अभिमुखिकरण तालिम दिदै परिचालन गरेका छन।

कार्यक्षेत्र शहिनगर र गणेशमान चारनाथ भने तथ्यांकको आधारमा उच्च बालबिबाह भएको पाइएको छ।जसकारण दुइटै नगरपालिकाबाट बराबर ६/६ जना स्वयंसेवकहरुलाइ तालिम दिदै परियोजना शुरु गरेको हो।

स्वयंसेवकहरुले नगरभित्र बालबिबाह भएको संख्या,बालबिबाहबाट परेका समस्याहरु बारे बुझ्ने छन।जसमा अधिकतम महिलाहरु अहिले भने नागरिकता ,बिबाहदर्ता,बच्चाको जन्मदर्ता लगायत सरकारी सेवाबाट बन्चित भएको मुद्दाहरु थुप्रै पाइएको छ।

सेफ नेपाल धनुषाको उक्त कदमले आममानस बिच बालबिबाहबाट हुने हानीहरु बाट खासगरि अभिभावक,चेलिछोरी तथा बालबिबाह बारे बुझाउने बिधालय,कलेज,नगर जनप्रतिनिधि,प्रसासन हरुसंग समन्वय गरि कार्यक्रम बिस्तार गर्ने तथा बालबिबाह रोक्नमा सेवा पुर्याउने संस्थाका अध्यक्ष राम प्रमेश मन्डलले बताए।

बालबिबाह रोक्न प्रदेश सरकार लगायत सरकारी,गैरसरकारी संस्थाहरुले साइकल बितरण ,होर्डिंग लगायत सेफ नेपालले बालबिबाह न्यूनीकरण गर्न तथा बालबिबाहबाट हुने फाइदा बेफाइदाबारे रेडियो कार्यक्रम कार्यक्रम समेत संचालनमा ल्याइएको जनाइएको छ।

बालबिबाह गर्दा चेलिछोरिहरु नागरिकताबाट बन्चित हुने,दलित महिलाले गर्भवती भत्ता नपाउने,बच्चाको जन्मदर्ता नबन्ने,आफ्नो बिबाहदर्ता नबन्ने लगायतको सेवा सुबिधाबाट समेत बन्चित हुने जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]