०८ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

‘लकडाउन’ रहर होइन मजबुरी हो : नगरप्रमुख साह

Logo
प्रकाशित बुधबार, चैत्र १२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, ११ चैत्र । हावाहुरी जस्तै विश्वभरिमा फैलिरहेको कोरोना भाईरस जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारको रहर होइन, वेवस्ता रहेको जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साहले बताएका छन्।

उनले भने ‘कोरोना भाइरस महामारी रोग हो । यसबाट बाँच्न र लड्नका लागि लकडाउन गरिएको छ । यसलाई सबैले पालन गरेमा मात्र हामी बाँच्न र बचाउन सकिन्छ ।’

मेयर साहले कुनै प्रकारको शंका उपशंका लागेमा नजिकको स्वस्थ्य चौकीमा सम्पर्क गर्न सबैमा आग्रह गरे । उनले भने, ‘आपतकालिन अवस्थामा हामी सबै एकजुट भएर अगाडि बढनुपर्दछ । नगरवासीका लागि उपहानगरपालिकाका कर्मचारीहरु ज्यान जोखिममा राखेरप िन कार्य गरिरहेको छ।’

मेयर साहले हामी बाचेमा राष्ट्र बाँचिन्छ, त्यसैले यस्ता अवस्थामा डब्लूएचओको नियमलाई पालन गर्न र उपमहानगरपालिकालाई सहयोग गर्नका लागि सबैमा आग्रह गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका र संघीय सरकारले गरेको लकडाउनकोे प्रभाव जनकपुरधाम सहित यस क्षेत्रमा समेत परेको छ । जनकपुरधाम बजार पुर्णरुपमा बन्द रहेको रह्यो भने मोटरसाइकल तथा पैदल यात्री फाटफुट सडकमा चलेको देखियो । सरकारले बिना जानकारी लकडाउन गरेकाले पुर्व तयारी हुन नसक्दा सर्वसधारणलाई समस्या भएपनि लकडाउनलाई सवैले सहर्ष स्वीकारेका गरेका छन् ।

अत्यावश्यक सरसमान ग्याँस, इन्धन, औषधी र दैनिक उपोभोग्य समाग्रीहरुका पसल खुल्ने भनिएपनि त्यस्ता पसलहरु समेत बन्द भएपछि सर्व साधारणलाई सास्ती भएको छ । सडकमा ठाँउ ठाँउमा तिनै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीहरुले लकडाउन जनता र देशकै लागि भएकाले सफल बनाउन सडकमा भेटनेहरुलाई सम्झाइ रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]