०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश २ को प्रादेशिक अस्पतालमा फिबर क्लिनिक संचालन हुँदै, आकस्मिकबाहेकका सेवा बन्द

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता

जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।

कोरोना रोकथामका निम्ति अस्पतालले सम्पूर्ण वार्डहरु मर्ज गर्दै केहि सीमित वार्ड मात्र सञ्चालनमा ल्याएको उनले बताए ।

कोरोना रोकथामका लागि अस्पतालका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको रिजर्भ पुल निर्माण गरिएको छ ।

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुर्नस्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारी, कार्यालय सहायक एवं स्वीपरहरुको रिजर्भ पुल निर्माण गर्दै ज्वरो क्लिनिक, आकस्मिक आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसियू सञ्चालन गरिनेछ ।

‘हामी फिबर क्लिनिकका निम्ति तयारी गरिसकेका छौं’ डा. यादवले भने, “त्यसका निम्ति थप उपकरणको माग गरेका छौं । आउने विश्वास छ ।”

डा. यादवले फिबर क्लिनिक संचालन गर्दा धेरै भींडभाड नहोस् भन्नकै लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । उनले देशभरिकै अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरी कोरोना रोकथामप्रति ध्यान दिएकाले यो अस्पतालले पनि सोही अनुसार कामलाई अगाडि बढाइएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]