०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश सरकारको राहत कोषमा सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरे

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १६ चैत्र। कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ ।
राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन ।
यसै गरि भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिन बहादुर गुरुङ्गले २५ लाख प्रदेश राहत कोषलाई उपलब्ध गराउने घोषणा गरेको छ ।
प्रदेश सरकारले २५ करोड रकम राखेर राहत कोषको स्थापना गरेको छ भने मन्त्रीहरुले एक महिनाको तलब उक्त कोषमा राखि सकेको छ। भने प्रदेश सभा सदस्यहरुले समेत घोषणा गर्ने क्रम जारी रहेको छ । प्रदेश सरकारले राहत कोषमा रकम सहयोग गर्न प्रदेश स्थित व्यपारिक घरना, अन्य समाजिक संघ संस्था तथा इच्छुक व्यक्तिहरुलाई समेत आह्वान गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]