०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

७५० मा एउटा मास्क बेच्ने पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १५ चैत्र। एउटा मास्कको मूल्य अधिकृतम १० रुपैयाँ हो । व्यापारीहरुले सय रुपैयासम्म बिक्री गरिरहेका छन् । तर जनकपुरधाममा एउटा मास्क ७ सय ५० मा बिक्री गरिरहेको पाइएको छ ।

पछिल्लो पटक एउटा मास्क रु ७ सय ५० का दरले बिक्री गर्ने व्यापारी पनि फेला परेका छन् । प्रादेशिक अस्पताल नजिकैको बजरंग जेनरल स्टोरमा प्रतिम ास्क ७ सय ५० का दरले बिक्री गरिरहेको अनुगमन टोलीले फेला पारेको छ ।

७ सय ५० मा मास्क र ५ सय रुपैयाँ प्रति पोका पंजा बेचिरहेको अवस्थामा स्टोरका संचालक जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने ३६ बर्षीय राजेश कुमार झालाई पक्राउ गरिएको छ ।

झालाई माक्स र पंजासहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रबक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]