०६ बैशाख २०८३, सोमबार
20-04-2026 , Mon
×

चीनबाट ल्याइएको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,१६ चैत्र। नेपाल वायु सेवा निगमको वाइड बडी जहाजमार्फत चीनबाट ल्याइएको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा मेडिकल सामग्री निगमले जिम्मा लगाएको हो ।

चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री बोकेर आएको वाइड बडी जहाज आज बिहान काठमाडौँ विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता अर्चना खड्काले चीनबाट ल्याइएको मेडिकल सामग्री सरकारलाई हस्तान्तरण गरिएको बताउनुभयो । यसैबीच चिनियाँ दूतावासले कोभिड–१९ को रोकथाम तथा उपचारजन्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तर गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ती मेडिकल सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकाललाई हस्तान्तरण गर्नुभएको हो । चीनका प्रसिद्ध व्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग राजदूतले हस्तान्तरण गनुभएको हो ।

चीन सरकार र विभिन्न संस्थामार्फत आएको सहयोग स्वास्थ्य सामग्री चिनियाँ दूतावासमार्फत सरकारलाई हस्तान्तरण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले खरिद गरेको र चीन सरकार तथा त्यहाँका विभिन्न सामाजिक संस्थाले सहयोग गरेको मेडिकल सामग्री आएको हो ।

यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेशन, ज्याक मा फाउण्डेशन, चाइना सीएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनीलगायतले सामान पठाएको मन्त्रालयले जनाएको छ । चीनबाट एक लाख पीपीई, ५० हजार कोभिड परीक्षण किट तथा व्यक्तिगत सुरक्षा उपकरण ल्याइएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]