०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

कोरोनाबाट बच्न र बचाउन सजग, सतर्क रहनुपर्ने :मुख्यमन्त्री राई

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
विराटनगर ,१७ चैत्र ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताउनुभएको छ ।

सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उहाँले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले यस भाइरसको महामारी विश्वव्यापीरूपमा फैलिरहेको अवस्थामा यसको रोकथाम एवं नियन्त्रणका लागि प्रदेश सरकारले २३ बुँदे कार्य योजना बनाएर अघि बढिरहेको र यही कार्य योजनाको आधारमा प्रदेशमा क्वारेन्टाइन, आइसोलेसन निर्माण भएको जानकारी दिनुभयो । उहाँले प्रदेशमा दुई हजार श्ययाको क्वारेन्टाइन निर्माण भएको र प्रदेश सरकारले ५० श्ययाको आइसोलेसन पनि द्रुत गतिमा निर्माण गरिरहेको जानकारी दिनुभयो ।

लकडाउनको समयमा मर्कामा परेका गरीब एवं विपन्न परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले रु १० करोडको कोष स्थापना गरेको र यसमा रकम वृद्धि भइरहेको जानकारी दिनुभयो । उहाँले कारोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीलाई प्रोत्साहन भत्ता वितरण हुने बताउँदै मुख्यमन्त्रीको कार्यालयमा कोरोना डेस्क राखिने र यसबाट प्रवाह हुने सूचना र जानकारीमा एकरुपता ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रोत्साहन भत्ताका लागिका प्रदेश सरकारले रु एक करोड ६८ लाख बजेट निकास गरिसकेको छ भन्नुभयो ।

सङ्घीय सरकारले पठाएको कोरोना उपचारमा आवश्यक पर्ने एक हजार थान पिपिइ (व्यक्ति सुरक्षा कवच) आजै प्राप्त भएको भन्दै मुख्यमन्त्री राईले जानकारी दिनुभयो । यस्तो विषम समयमा कालोबजारी गर्ने सोच महापराधी सोच हो भन्दै मुख्यमन्त्री राईले प्रदेशमा उपभोग्य सामग्रीको अभाव हुन नदिन विभिन्न समिति बनाएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले जीवन विकास समाजबाट पाँच हजार परिवारलाई रु ५० लाख बराबरको राहत सामग्री प्राप्त भएको जानकारी दिनुभयो । सो अवसरमा सिटिजन बैंक प्रदेश कार्यालयका प्रमुख प्रदीप सेढाइँले रु सात लाखको चेक कोषमा जम्मा गरिदिन मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]