०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

कोरोना भाइरसको राजविराजमा छर्किइयो कीटनाशक औषधि

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
सप्तरी ,१७ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ ।

राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणलाई नगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले बताउनुभयो । अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन तथा सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उहाँले आग्रह समेत गर्नुभयो । जारी लक डाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख यादवले नगरवासीसँग विशेष आग्रह गर्नुभयो ।

सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले लामखुट्टे लगायतका किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने नगरपालिकाले जनाएको छ ।

व्यवस्थित हाटबजार सञ्चालन
लकडाउनका बेला भीडभाड घटाउन राजबिराजमा व्यवस्थित हाटबजार र अनलाइन पसल समेत सञ्चालनमा ल्याएको नगरप्रमुख यादवले जानकारी दिनुभयो । अतिआवश्यक सामग्रीको खरिदबिक्री सहजताका लागि तरकारी हाट बजार व्यवस्थापन गरेको छ भने दुई वटा अनलाइन किराना पसल दैनिक उपभोग सामग्री पुर्याउन थालिएको जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई ध्यानमा राख्दै राजबिराज नगरपालिकाले शनिबारदेखि राजरङ््गशाला र नगरपालिकाको विभिन्न ठाउँमा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको छ । शनिबारदेखि प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म सर्वसाधारणलाई उक्त हाटबजारबाट अत्यावश्यक खाद्यबस्तु र तरकारी किन्न व्यवस्था मिलाइएको बताइएको छ ।

नगरपालिका—७ स्थित गुद्री तरकारी हटियामा भिडभाड बाक्लो हुन थालेपछि नगरगरपालिकाले राजबिराजको राजरङ्गशालामा व्यवस्थित हाटबजार सञ्चालनमा ल्याएको हो ।

कारागारबाट छाडियो कैदी

कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै राजविराजस्थित कारागारबाट चार कैदीबन्दीलाई छाडिएको छ ।

जिल्ला अदालतको आदेश बमोजिम एक वर्षभन्दा कम समयको कैद सजाय पाएका चार कैदीबन्दीलाई छाडिएको राजविराज कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । छाडिएकाहरु बहुबिवाह र कुटपिट मुद्दाका आरोपित हुन ।

कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि अदालतले एक वर्षभन्दा कम समयको कैद सजाय पाएका कैदीबन्दीलाई भुक्तान गर्न बाँकी रहेको समयबापतको रकम तिराएर छाड्न दिएको आदेशानुसार ती कैदीबन्दीलाई छाडिएको जेलर यादवले बताउनभयो । कूल १२५ जना क्षमता रहेको कारागारमा हाल एक बालक र १६ महिलासहित २३३ कैदीबन्दी छन् ।

विपद् व्यवस्थापन कोषमा रु ३५ लाख
कोरोना भाइरस सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि सप्तरीको बोदेबरसाईन नगरपालिकाले विपद् व्यवस्थापन कोषमा रु ३५ लाख रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले विपद् व्यवस्थापन कोषमा रु ३५ लाख रकम हस्तान्तरण गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले नगरक्षेत्रभित्र सेनिटाइजर र सावुन वितरण, औषधी छर्कने र क्वारेनटाइन व्यवस्थापन गर्ने निर्णय समेत गरिएको स्थानीयवासी लोकेन्द्रप्रसाद यादवले जनाकारी दिनुभयो ।

नगरपालिकाले विपद् व्यवस्थापन कोषको रकम अपुग भएको भन्दै भैपरी कोष शीर्षकबाट रु १५ लाख र समपूरक कोषबाट रु २० लाख गरी कूल रु ३५ लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरी खर्च गर्ने निर्णय गरेको वडा नं. ३ का वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीलाई दैनिक रु पाँच प्रोत्साहन भत्ता

बैठकले नगरपालिकाका क्वारेन्टाइनमा खटिने स्वास्थ्यकर्मीलाई दैनिक रु ५ सयका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]