०४ आषाढ २०८२, बिहिबार
19-06-2025 , Thu
×

सस्तो तरकारी बजार खोल्ने निर्णय

Logo
प्रकाशित सोमबार, चैत्र १७, २०७६

न्यूजमधेश सम्बादाता
कलैया,१७ चैत्र । जिल्ला प्रशासन कार्यालय र बारा उधोग बाणिज्य संघको पदाधिकारीहरु बिच सोमबार छलफल भएको छ ।

लकडाउनको समयमा खाद्यान सहज रुपले आपुर्ति गराउनका लागि बैठकमा निर्णय भएको बारा उधोग बाणिज्य संघका अध्यक्ष बिनोद साहले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेपाल प्रहरीका उपरिक्षक कृष्ण पंगेनी, राष्ट्रिय अनुसंन्धानका प्रमुख बिमल घिमिरे, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत ओम खडका, बारा उधोग बाणिज्य संघका महासचिव जयप्रकाश साह लगायतको सहभागिता रहेको थियो।

बैठकले स्थानिय तहहरु र वडा कार्यालयहरुको समन्वयमा सस्तो तरकारी पसल खोल्ने,खाधान आपुर्तीका लागि प्रयोग हुने गाडीमा बैनर वा फोटोकोपी पेपरमा लेखेर आपुर्तीका लागि जाने, खाधान पसलहरुले खोल्दा बिक्रेता, क्रेताले कम्तीमा १ मिटरको दुरीमा रही बिक्री बितरण गर्ने, महगो मुल्य, कालोबजारी गर्ने गर्नेहरुलाई कार्यवाहि गर्ने निर्णय भएको प्रशासकिय अधिकृत ओम खडकाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]