११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बन

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

न्यूजमधेश सम्बातादा
राजविराज ,१८ चैत्र। औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ ।

दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । अर्का जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको छ ।

‘मगरलाई यहाँ तानेर अनुसन्धान सुरु गरेका छौं’ उद्धव न्यौपानेले भने, “उनलाई कारबाही हुन्छ ।”

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।-अनलाइन खबर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]