०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

प्रदेश २ मा आयो पाँच किसिमको कोरोनाबिरुद्वको उपकरण

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१९ चैत्र ।संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश २ सरकारलाई कोरोना भाइरसबिरुद्वका पाँच किसिमको सामग्री पठाएको छ ।

मन्त्रालयले उपलब्ध गराएको सामग्री मंगलबार ट्रक मार्फत् जनकपुरधाम आइपुगेको छ ।

मन्त्रालयले प्रदेश २ लाई १० हजार थान मेडिकेटेड मास्क, ४ सय थान एन–९५ मास्क, २० हजार थान पंजा र १ हजार थान गाउन पठाएको व्यवस्थापन केन्द्रका सह निर्देशक श्रवण नायकले जानकारी दिए ।

आएका सामग्रीलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा राखिएको छ ।

नायकले पाँच किसिमको कोरोनाबिरुद्वको उपकरण केन्द्रमै राखिएको र मन्त्री परिषद्को निर्णय अनुसार प्रदेशका जिल्लाहरुमा पठाइने जानकारी दिए ।

संघीय सरकारले कोरोना जाँच गर्ने मेसिन पनि यहाँ पठाउने आफूले सुनेको बताउँदै नायकले ती मेसिनसहित अन्य उपकरण पछि आउने जानकारी पाएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]