११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

मेयर मेहतालाई पक्राउ गर्न अदालतको आदेश

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
गौर,१९ चैत्र। लागु औषध मुद्दामा रौतहटको इशनाथ नगरपालिकाको मेयर र निजका भाईलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालत मकवानपुरले मुलुकी फौजदारी कार्य विधि संहिता २०७४ को दफा ९ को उपदफा ३ बमोजिम रौतहटको इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र निजका भाई एम्बुलेन्स संचालन समितिको अध्यक्ष मोहन मेहतालाई पक्राउ गरेर उपस्थित गराउन आदेश जारी गरेकोछ ।

जिल्ला अदालत मकवानपुरको सो आदेशलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध अनुसन्धान तथा कारवाही शाखाले चैत १० गते जिल्ला प्रहरी कार्यालय रौतहटको अपराध अनुसन्धान तथा कारवाही शाखालाई पत्र पठाएपनि हाल सम्म दुवैजनालाई प्रहरीले पक्राउ गर्न सकेको छैनन् ।

मकवानपुर प्रहरीको पत्रमा जाहेरवाला प्रतिवादी नेपाल सरकार प्रतिवादी विनोद सहनी समेत भएको लागु औषध गाँजा मुद्दामा अनुसन्धानको शिलशिलामा २ नं प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषाको पत्रमा उल्लेख भएको प्रतिवादीहरुलाई जिल्ला अदालत मकवानपुर हेटौडाबाट मेयर मेहता दाजुभाईलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको थियो ।

अदालतले घरमा फेला नपरेको खण्डमा उनीहरुको घरदैलोमा पुस्ते सुचना टाँस गरेर पक्राउ गर्न आदेश जारी गरेपछि जिल्ला प्रहरी कार्यालय रौतहटलाई पत्र पठाइएका थिए । तर हाल सम्म उक्त आदेश कार्यान्वयन भएको छैन् ।

इशनाथ नपाद्वारा संचालित बा. २ झ. १७४९ नम्बरको एम्बुलेन्सलाई गत माघ १० गते हेटौडा उपमहानगरपालिका १९ नेवारपानीमा नेपाल प्रहरीले रोकेर चेकजाँच गर्दा ३ वटा झोलामा ३० किलो ६ सय ग्राम लागु औषध गाँजा, ९१ हजार नेपाली रुपैया, २ हजार २ सय भारतीय रुपैया, चालक इशनाथ ९ डुमरियाका महम्मद खालिद, सोही नपाका अशोक कुमार र भारत विहार मोतिहारी बसतपुरका विनोद सहनीलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया मकवानपुर प्रहरीले सुरु गरेका थिए ।

इशनाथ नपाको उक्त एम्बुलेन्स संचालन समितिका संयोजक मोहन मेहता र मेयर सन्तोष मेहतालाई दोषी देखिएको हुँदा दुवै जनालाई पक्राउ गर्न अदालतले आदेश गरेका थिए । यस विषयमा कोरोना भाइरसको कारण लकडाउन कार्यान्वयन गराउने तर्फ केन्द्रीत रहेको हुँदा चाँडै प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाउने प्रहरी श्रोतबाट बुझिएको छ ।

यस सम्बन्धमा मेयर मेहतासित सम्पर्क हुन सकेको छैन् ।तर उनी कोरोना भाइरस संक्रमणबाट नगरवासीलाई जोगाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताइएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]