१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

छाक टार्नमा समस्या रहेका विपन्न परिवारलाई विद्यार्थीको राहत

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ।

मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ।

विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको सहयोगमा ८ हजार रकमको खाद्यान्न सामग्रीहरु किनेर ती गरिब परिवारलाई छाक टार्न समस्या रहेको बेला राहत प्रतिघर चाबल १५ केजि ,दाल २ केजि , खाने तेल १ केजि,आलु २ केजि,नुन १ केजि ,डिटोल साबुन १ पिस र घरका सबै सदस्यीयलाई मास्क समेत दिएको छ।

यता नगरपालिकाले विभिन्न वडाहरुमा हातधुने सावुन र माक्स वितरण गरेका छ ।तर गरिब परिवारलाई छाक टार्न समस्या भएको वेला बिधार्थीहरुले राहत स्वरुप खाद्यान्न बाडेपछि दलित परिवार खुशी भएको थियो।

अति विपन्न घर परिवारलाई नगरपालिकामा खाद्यान्न सामग्री उपलब्ध गराई दिनको लागी आग्रह गरे पनि कुनै वास्ता नगरेको स्थानियहरुको भनाई रहेको छ ।

सो राहत वितरण कार्यक्रममा विद्यार्थी नेता विभाष यादव,नवरत्न साह र आशिष साहलगाइत सहयोगीहरुको उपस्थितिमा वितरण गरेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]