०१ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

कोरोनाको आशंका रहेका २ जनाको रिपोर्ट नेगेटि

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१९ चैत्र । कोरोनाको आशंकमा प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएका दुई व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालको आइसोलेशनमा भर्ना भएका दुबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको अस्पतालका ल्याब विभागकी प्याथोलोजिस्ट डा. स्वेना ठाकुरले जानकारी दिइन् ।

उनका अनुसार भारतबाट केहि दिन अगाडि आएका ती दुई व्यक्तिमा रुघाखोकी र ज्वरो देखिएपछि अस्पतालमा भर्ना भएका थिए ।

दुबैको स्याब लिएर काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाएको र रिपोर्ट नेगेटिभ आएको उनले बताइन् ।

रिोपर्ट नेगेटिभ आएपछि दुबैलाई डिस्जार्च गरिएको छ ।अस्पतालमा अहिले पनि चार जना कोरोना आशंकमा भर्ना भएको र स्याब टेस्ट लिएर काठमाण्डु पठाउने तयारी भइरहेको उनले बताइन् ।

यसअघि धनुषाकै एक युवकमा कोरोनाको आशंका गरिएको थियो । दुई साताअघि उनको जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]