१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

भोलिदेखि चितवनमा कोरोना भाइरसको परीक्षण हुने

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

न्यूजमधेश सम्बादाता
चितवन ,२१ चैत्र । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो ।

स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो ।

सो प्रयोगशाला, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलीले निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो ।

यससँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग अनुमति लिएर आज बिहानबाट काम थालिएको हो । मन्त्रालयबाट आएको टोलीका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ ।

पिसिआर ल्याब रामपुरबाट ल्याइँदै छ । बायोसेफ्टी क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । विज्ञ दुई जना जिल्लामा नै रहेको उहाँले जानकारी दिनुभयो ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा मदन पाण्डे र चितवन मेडिकल कलेजका डा ब्रजेश झाको नेतृत्वमा प्रयोगशाला सञ्चालनमा ल्याइने छ । उहाँहरुलाई आवश्यक पर्ने अन्य जनशक्ति यही उपलब्ध हुने बताइएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आवश्यक रसायनसहितका अन्य सामान आजै पठाउने खनालले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरी प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेणु दाहालले अस्थायी अस्पतालसमेत स्थापना भइसकेपछि परीक्षणसमेत यही गर्न गरिएको गृहकार्यअनुरुप काम भइरहेको जानकारी दिनुभयो ।

अहिलेको सङ्क्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दीर्घकालीनरुपमा सञ्चालनका लागि केही महिनामा नै भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा रहेको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशङ्कामा बिरामीको नमूना केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ।

दैनिक गाडीको प्रयोग गरेर पठाउनुपर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आएपछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिनुभयो । रजिष्ट्रार खनालका अनुसार भरतपुरसँगै प्रयोगशालाको सङ्ख्या ११ पुगेको छ । सात प्रदेशमा एक÷एक वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, वीरअस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]