२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

प्रादेशिक अस्पताल जनकपुरको परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२२ चैत्र ।प्रदेश २ का प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो जानकारी गराउनुभएको हो ।

प्रदेश नं–२ मा हालसम्ममा ७९ जनाको स्वाब परीक्षणका लागि पठाइएकामा आजसम्ममा ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । यस प्रदेशको आठवटै जिल्ला गरी १३६ वटा क्वारेन्टाइनमा दुई हजार ७३५ वटा श्यया रहेको छ । सोमध्ये ९६८ जना क्वारेन्टाइनमा, ८७ वटा आइसोलेसन शय्यामा २२ जना रहेको छ भने एक हजार छ जना होम क्वारेन्टाइनमा बसेको सचिव घिमिरेले जानकारी गराउनुभयो ।

उहाँका अनुसार सप्तरीको ३० वटा क्वारेन्टाइनमा २९९ जना, होम क्वारेन्टाइनमा ४८ जना र एक जना आइसोलेसनमा छन् भने सिरहाको १९ वटा क्वारेन्टाइनमा १२७ जना र ७७ जना होम क्वारेन्टाइनमा छन् । धनुषाको १६ वटा क्वारेन्टाइनमा ८२ जना, होम क्वारेन्टाइनमा ४० जना र सात जना आइसोलेसनमा रहेको छ भने महोत्तरीको १६ वटा क्वारेन्टाइनमा ४४ जना र ७७५ जना होम क्वारेन्टाइन छन् भने सर्लाहीको १६ वटा क्वारेन्टाइनमा ५३ जना, ३२ जना होम क्वारेन्टाइनमा छन् र रौतहटको १६ वटा क्वारेन्टाइनमा २१५ जना र चार जना होम क्वारेन्टाइनमा बसेका छन् ।

पर्साको नौ वटा क्वारेन्टाइनमा ९८ जना क्वारेन्टाइनमा, पाँच जना होम क्वारेन्टाइनमा र पाँच जना आइसोलेशनमा छन भने बाराको १४ वटा क्वारेन्टाइनमा ५० जना, २५ जना होम क्वारेन्टाइनमा र नौ जना आइसोलेसनमा छन् । उहाँहरु नौ जना भारतमा सम्पन्न धार्मिक कार्यक्रमबाट फर्केका व्यक्ति रहनुभएको सचिव घिमिरेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]