२७ कार्तिक २०८२, बिहिबार
13-11-2025 , Thu
×

जनमत पार्टीका १२ जिल्ला इन्चार्ज फेरिए , यस्तो छ नयाँ इन्चार्जहरुको नामावली !

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

मनोज कुमार मोरबैता
जनकपुरधाम ,२२ चैत्र। डा.सीके राउत नेतृत्वको जनमत पार्टीको एक वर्ष पूरा गरिसकेका १२ जिल्ला इन्चार्जलाई परिवर्तन गरिएको छ । ती जिल्लाहरुमा नयाँ इन्चार्ज तोकिएको छ ।

गत १५ गतेदेखि १७ गते सम्म अनलाईन भिडियो कन्फरेन्सको माध्यमबाट पार्टीका केन्द्रिय कमिटीको बैठकमा एक वर्ष पूरा गरिसकेका जिल्ला इन्चार्जहरुलाई परिवर्तन गर्ने निर्णय भएको पार्टीका केन्द्रिय सदस्य एस एन मण्डलले जानकारी दिए ।

File Photo

मण्डलका अनुसार पुर्व जिल्ला इन्चार्ज, केन्द्रिय सदस्य तथा वर्तमान इन्चार्जहरुलाई आउदो चुनावका लागि हरेक स्थानीय तहमाका सबै वडाहरुमा विजय हासिल गर्न पार्टीका नियमलाई पाल्ना गरेर पार्टी प्रती पुर्ण बफादार भएर काम गर्ने सम्भावित उम्मेदवारहरुलाई खोजतलास गरि नाम सिफारिस गर्न जिम्मेवारी समेत दिएका छ ।

उनले भने हरेक तहमा हरेक पदका लागि तीन जनाको नाम सिफारिस गर्न पार्टी अध्यक्ष डा सीके राउतले निर्देशन दिएका हुन । त्यसैगरी पार्टीका पूर्व तथा वर्तमान जिल्ला इन्चार्जहरूलाई स्थानीय तहको हरेक वडा स्तरसम्म पार्टीका जनवर्गीय संगठन जनमत युवा संघ को तुरुन्तै गठन गरी वा गठन भइसकेका ठाउँमा सोको सूची तैयार गरी उपलब्ध गराउन डा.राउतले आग्रह गरेका छन् ।

यसका लागि जनमत युवा संघ गठनको जिम्मेबारी पाएका सिरहा जिल्लाको इटाटार निवासी संजय यादवसँग समन्वय गर्न अनुरोध गरेका छन् ।अहिले सम्म गठन गरिएको समितिको विवरण वा कम्तीमा समितिका अध्यक्षको नाम सहित समिति गठन भएको जानकारी स्क्यान गरेर वा फोटो खिचेर [email protected] मा बैशाख १ गते भित्रमा उपलब्ध गराउनको लागि समेत आग्रह गरेका छन् ।

गठन भएको समितिको विवरण बैशाख १ गते सम्म पठाउन सकेन भने सो ठाउमा पुनस् गठन गर्नु पर्छ। यसका साथै, अन्य समितिभन्दा पनि पहिला पार्टीको मूल समिति हरेक वडा स्तरमा गठन गर्न जोडदिए मण्डलले बताए ।

हरेक जिल्ला भित्र कम्तीमा ८० प्रतिशत वडाहरूमा वडा समिति गठन भइसकेपछि मात्रै अन्य जनवर्गीय तथा पेशागत समितिहरू निर्माण गर्न आग्रह गरेको छ।जनमत पार्टीका लागिअहोरात्र खट्दै महत्त्वपूर्ण योगदान दिई आफ्नो कार्यकाल पूरा गरेका सम्पूर्ण इन्चार्जहरूलाई पार्टीले धन्यवाद ज्ञापन गरेका छन् ।

नयाँ इन्चार्जहरुको नामावली यसप्रकारका छ्न !

१.भीम राजवंशी ( झापा ) ९८१५९७१६१६
२.बुद्ध माझी ( मोरंग ) ९८०२३८६२७९
३.भवानी मेहता (सुनसरी ) ९८०७९२५८१३
४.सुर्यदेव यादव (सप्तरी ) ९८२४०००४२३
५.बिजय साह ( सिरहा) ९८०१५४५१८३
६.अनिता साह ( धनुषा ) ९८१७६६०३६६
७.अंजली मण्डल ( महोत्तरी ) ९८२७६०८३०९
८.रविन्द्र साह ( सर्लाही ) ९८०८४५६७९०
९.बिजय कुमार वर्मा (रौतहट ) ९८४५४७४०००
१०.राम केश गुप्ता ( रुपन्देही ) ९८१६४९७०१९
११.अनबर खान (बाँके ) ९८०४५६८६९९
१२.मनसाराम यादव ( बर्दिया ) ९८४८०८२५८६

यो १२ जना जनमत पार्टीका नयाँ इन्चार्जहरू रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]