११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

संसदीय कोषको रकम राहत कोषमा दिने घोषणा गरेर जनतामा भ्रम फैलाउदै

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् ।

संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा गर्न थालेका छन् ।

समाजवादी पार्टीका महोत्तरी जिल्लाबाट सांसद डा.सुरेन्द्र यादवले संसदीय कोषको ३ करोड रुपैया कोरोना भाइरस राहत कोषमा दिने घोषणागर्दै समाजिक सञ्जालमा व्यापक प्रचार गरे ।

त्यसैगरि प्रदेश २ का राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका सांसद उपेन्द्र महतोले १ करोड र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश २ का सांसद दिलिप साहलेपनि १ करोड रुपैया कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा उपलपब्ध गराउने घोषणा गरे ।

संघीय सांसद र प्रदेश सांसदले घोषणा गरेको कोषको रकम उनीहरुको निजी होइन् ।सरकारी रकम सरकारलाई नै दान दिन मिल्दैन् ।संसदीय कोषको रकम खर्च गर्ने कार्यविधिमा अन्य कुनै कोषमा दान दिने प्रावधान छैन् ।

‘संसदिय विकास कोषको रकम कुनै सांसदले कोरोना भाइरस कोषमा दान दिन मिल्दैन्’प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भने, संसदीय विकास कोषको कार्यविधिमा यस्तो कुनै प्रावधान छैन् ।

सस्तो लोकप्रियताका लागि समाजिक सञ्जालमा दान दिने घोषणा गरेका प्रदेश र संसदीय सांसदहरुले केहि महिनाको तलब कोषमा दिएको घोषणागरि उपलब्ध गराउन सक्छन् ।तर करोड दान दिने घोषणा गरेका सांसदहरुले एक महिनाको तलब मात्र दिने घोषणा समेत गरेका छैनन् ।

प्रदेश २ मा समाजवादी पार्टीका सर्लाहीबाट सांसद अशोक यादवले एक महिनाको तलब कोषमा दिने घोषणा गरेका छन् ।त्यस बाहेक प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले एक÷एक महिनाको तलब कोषमा दिने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

बागमती, १२ कात्तिक  । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा रु २२ करोड ८१ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले रु २२ करोड ८१ लाख ४७ हजार आठ सय […]