०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

संसदीय कोषको रकम राहत कोषमा दिने घोषणा गरेर जनतामा भ्रम फैलाउदै

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् ।

संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा गर्न थालेका छन् ।

समाजवादी पार्टीका महोत्तरी जिल्लाबाट सांसद डा.सुरेन्द्र यादवले संसदीय कोषको ३ करोड रुपैया कोरोना भाइरस राहत कोषमा दिने घोषणागर्दै समाजिक सञ्जालमा व्यापक प्रचार गरे ।

त्यसैगरि प्रदेश २ का राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका सांसद उपेन्द्र महतोले १ करोड र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश २ का सांसद दिलिप साहलेपनि १ करोड रुपैया कोरोना भाइरसको रोकथामका लागि खडा गरिएको कोषमा उपलपब्ध गराउने घोषणा गरे ।

संघीय सांसद र प्रदेश सांसदले घोषणा गरेको कोषको रकम उनीहरुको निजी होइन् ।सरकारी रकम सरकारलाई नै दान दिन मिल्दैन् ।संसदीय कोषको रकम खर्च गर्ने कार्यविधिमा अन्य कुनै कोषमा दान दिने प्रावधान छैन् ।

‘संसदिय विकास कोषको रकम कुनै सांसदले कोरोना भाइरस कोषमा दान दिन मिल्दैन्’प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झाले भने, संसदीय विकास कोषको कार्यविधिमा यस्तो कुनै प्रावधान छैन् ।

सस्तो लोकप्रियताका लागि समाजिक सञ्जालमा दान दिने घोषणा गरेका प्रदेश र संसदीय सांसदहरुले केहि महिनाको तलब कोषमा दिएको घोषणागरि उपलब्ध गराउन सक्छन् ।तर करोड दान दिने घोषणा गरेका सांसदहरुले एक महिनाको तलब मात्र दिने घोषणा समेत गरेका छैनन् ।

प्रदेश २ मा समाजवादी पार्टीका सर्लाहीबाट सांसद अशोक यादवले एक महिनाको तलब कोषमा दिने घोषणा गरेका छन् ।त्यस बाहेक प्रदेशका मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले एक÷एक महिनाको तलब कोषमा दिने घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]