१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

कोरोना विरुद्धको किटनाशक औषधि जनमत पार्टी छर्किदै !

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२३ चैत्र।रुपन्देही जिल्लाको मायादेवी गाउँपालिकामा कोरोना भाइरस विरुद्धको औषधि छर्किने कार्यक्रम सुरु गरिएको छ।

शनिबार जनमत पार्टीले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नं. १ ,२ र ४ मा कोरोना भाइरस विरुद्धको किटनाशक औषधि छर्किएको जनमत पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्लाका पुर्व इन्चार्ज भोपेन्द्र यादवले जानकारी दिएको छ।

अहिले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड -१९ )बाट जनतालाई जोगाउनको लागि कोरोना विरुद्धको किटनाशक औषधि छर्किने कार्यक्रम जारी रहेका पुर्व इन्चार्ज यादवले बताएका छन।

जितेको जनप्रतिनिधिहरु तथा पार्टीहरु भ्रष्टाचार गर्नमा व्यस्त र जनताको राहत खानमा मस्त रहेको जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आरोप लगाएको छ।

जनमत पार्टी जनताको सेवा गर्नमा व्यस्त रहेको डा राउतको भनाई समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल-फित्र (इद)मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन् । रमजानलाई पवित्र महिना मानिन्छ । […]

जनकपुरधाम । गएराति सर्लाहीको चक्रघट्टा गाउँपालिका-३ सुन्द्रपुरबाट एक मोटरसाइकल चोरी भएको छ। स्थानीय रबिन्द्र कुमार पण्डितको घरबाट उनको प्रदेश-०२-००५ प २८६२ नम्बरको टिभिएस कम्पनीका बुल्लु रंगको एप्पाच्ची मोटरसाइकल चोरी भएको हो। एक सय ५० सीसीको सो मोटरसाइकल राति घरबाटै चोरी भएको मोटरसाइकल धनी पण्डितले बताए ।