१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

वडाध्यक्ष भारतबाट घर फर्केपछि स्थानीय त्रसित …!

Logo
प्रकाशित आइतबार, चैत्र २३, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२३ चैत्र ।धनुषा जिल्लाका एक वडाध्यक्ष भारतको मधुबनीबाट घर फर्केपछि स्थानीय त्रसित बनेका छन् ।

जनकननदनी गाउपालिका २ का वडाध्यक्ष भोगेन्द्र पाठक भारतबाट घर फर्केपछि स्थानीय त्रसित बनेका हुन् । उनी कोरोना भाइरस लागेको हुनसक्ने स्थानीयको अनुमान छ । सोही कारण वडाध्यक्ष पाठकको स्वास्थ्य परीक्षण गराउन स्थानीयले माग गरेको स्थानीय युवा नेता सुनिल कुमार यादवले जानकारी दिएको छ ।

नेता यादवका अनुसार मधुवनीमा उनको घर पनि रहेको छ । उनी मधुबनीबाट १ महिना बसेर हिजो शनिबार घर आइपुगेका हुन् । उनलाई कम्तिमा क्वारेन्टाइनमा राख्नुपर्ने स्थानीयहरुले जोरदार माग गरेको छ ।

ईलाका प्रहरी कार्यलय खजुरीका प्रहरी निरीक्षक हिरेन्द्र रोकयाले वडाध्यक्ष पाठक भारतबाट फर्केको जानकारी पाएको र के गर्ने विषयमा गाउँपालिका प्रमुखसँग छलफल भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]