२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

दूरी कायम राख्दै गहुँ भित्र्याउन कृषि मन्त्रीको सुझाव

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
सप्तरी ,२५ चैत्र । लकडाउनको तेस्रो हप्ता शुरु भइसकेको छ । यहीं समयमा कृषकले लगाएको गहुँ बाली भित्र्याउने बेला पनि हो । किनभने गहुँबाली पाकिसकेको छ ।

कृषिको हब मानिने प्रदेश २ का कृषक गहुँ कसरी भित्र्याउने भन्ने चिन्तामा डुबिरहँदा संघीय सरकारले सतर्कता अपनाउँदै बाली भित्र्याउन भनिसकेको छ । प्रदेश २ का भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह गहुँ खेतहरुको निरीक्षण गरेका छन् ।

आफ्नो गृह जिल्ला सप्तरीको बिभिन्न स्थानीय तहमा लगाइएको गहुँ खेतमै मन्त्री साह पुग्दा कृषक गहुँ काटन व्यस्त थिए । मन्त्री साहले गहुँ काट्दा र भित्र्याउँदा कम्तीमा तीन फिटसम्मको दूरी कायम राख्न आग्रह गरे । साथै उनले मास्क लगाएर काम समेत कृषकसँग आग्रह गरे ।

जिल्लाको छिन्नमस्ता, महदेवा, तिलाठी–कोइलाडीसहितका स्थानीय तहमा लगाइएको गहुँ खेतको निरीक्षण गर्न मन्त्री साह पगेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]