२९ फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

मारवाडी सेवा समितिद्वारा कमला नगरपालिकामा राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,२५ चैत्र ।मारवाडी सेवा समिति जनकपुृरधामले सोमवार धनुषा जिल्लाको कमला नगरपालिकाको माची र जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा राहत सामग्री बितरण गरेको छ ।

समितिका अध्यक्ष ललित बजाजले जनाए अनुसार माचीमा ७५ बिपन्न परिवारलाई चामल, दाल, तेल, आलु, सोयाबिन, चाउचाउ, साबुन लगायतका समानहरु उपलब्ध गराइएकोछ ।

त्यसैगरि समितिले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १८ मा ३० विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

समितिले तीन दिनदेखि नियमित रुपमा राहत सामग्री उपलब्ध गराउदै आएकोछ ।समितिले आफ्नो कोष र विभिन्न दाताहरुबाट प्राप्त सहयोगलाई समेटेर प्याकेज बनाइ राहत सामग्री वितरण गर्न थालिएकोछ ।

अध्यक्ष बजाजले पहिलो चरणमा ५ सय परिवारलाई राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको बताए ।उनले आवश्यकता अनुसार संख्या बढाउन सकिने जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]