०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

जन्मोत्सवमा पत्रकार बेल्वासेद्धारा विपन्न परिवारलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र २५, २०७६

न्यूजमधेश सम्बादाता
कपिलवस्तु ,२५चैत्र।जन्मदिनको अवसर पारेर नेपाल पत्रकार महासँघका सह सचिव तथा लुम्बिनी दर्पण पत्रिकाका प्रकाशक मोहन बेल्वासेले अति विपन्न परिवारमा राहत वितरण गर्नुभएको छ ।

लक डाउनका बेला मागि खाने वर्गका अति विपन्न २ घर परिवारमा राहत वितरण गरिएको हो । बाणगंगा नगरपालिकाको वडा नं ६ मा १५ वर्ष देखि रुखमुनी साहरा लिएर बस्दै आएकी करिव ३८ वर्षिया ज्ञानी थरुनी र सुकम्बसी बस्तीका बयोवृद्ध तेज बहादुर दमैको परिवारलाई चामल,चिउरा,भुजा तेल ,सावुन ,नुन,हरियो तरकारी लागाएतका सामग्री वितरण गर्नुभएको थियो ।

रुख मुनी वस्दै आयकी ज्ञानी थरुनी सुस्त मनस्थितिकी महिला हुन उनले गाउ एउटा ठुलो रुखमुनी सानो त्रिपालको झुपडी मा बस्दै आएकी र गाउँघर नजिकका पसलमा मागेर जिवन निर्वाह गर्दै आएकी थिईन ।

लक डाउन र कोरोनाका कारण घरमा आउन बन्देज र पसल समेत बन्द भएको अवस्थामा उनी २ दिन देखि भोकै जिवन निर्वाह गरेको स्थानियले बताएका थिए ।उता वृद्ध दमै परिवारमा समेत साहरा कोही नभएको र विहान साझ छाक टार्न समेत खाध्यन्न नभएको केहि समय अधि थाहा पाएपछी राहत वितरण गरेको बेल्वासेले बताउनुभयो।

बेल्वासेले जन्मदिन अव दिन दुखिका क्षेत्रमा वा वृक्षरोण गरेर मनाउनुपर्ने बताए । यी दुई स्थानमा राज्य वा स्थानिय जन प्रतिनिधिहरुको पहुच पुग्न सकेको छैन् ।बेल्वासेले आगामी दिनमा अन्य दिन दु.खि हरुलाई समेत सहयोग पुयाउने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]