०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

मृत्युको मुखबाट एक युवकलाई बचाए साह र कुसियैत

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,२७ चैत्र ।रक्तअल्पता रोगका कारण जीवन मरणको दोसाँधमा रहेका एक युवकलाई दुई युवकले रक्तदान गरी ज्यान बचाएका छन् ।

मुलुक लक डाउनमा रहेको बेला रगतको समेत अभाव भएको अवस्थामा यी दुई युवकले सिरहाको सिरहा नगरपालिका १३ फुलबरियाका जितेन्द्र यादवलाई रक्तदान गरेर जीवन बचाएका हुन् ।

यादव मंगलबार प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना भएपनि रगतको अभावमा उनको उपचार हुन सकिरहेको थिएन् । न्यूजमधेशका संचालक तथा संचारकर्मी मनोज कुमार मोरबैताको पहलमा यादवलाई दुई युवकले बुधबार रगत दान दिएका छन् ।

जिल्ला युवा संजाल धनुषाका अध्यक्ष धिरज साहको सहकार्यमा संजालका सदस्य समेत रहेका जनकपुरधाम उप–महानगरपालिका १९ कपलेश्वरका अभिनास साह र सिरहाको सिरहा नगरपालिका वडा नम्बर – ८ निवासी सुधन कुसियैतले रक्तदान गरेका हुन ।

रक्तदान गरेका दुवै जनालाइ न्यूजमधेशका संचालक मोरबैताले धन्यबाद दिदै उनले सबैजनालाइ रक्तदान गर्न आग्रह समेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]