२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालमा अफवाह फैलाउने दुई जना पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र २७, २०७६

न्यूजमधेश सम्बादाता
काठमाण्डू ,२७ चैत्र ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु विरुद्ध सामाजिक सञ्जाल फेसबुकमार्फत अफवाह फैलाउने कार्यमा संलग्न २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा खोटाङ ऐसेलुखर्क गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका चुनिखेल डेरा गरी बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रेपलान्चोक पनौती नगरपालिका-५ ठेगाना भएका ४६ वर्षीय राम कुमार रघु श्रेष्ठ रहेका छन् ।

ताराले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिहरु तथा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो प्रयोग गरी मानमर्दनमा आँच आउने किसिमको अमर्यादित कार्य गरेको पाइएपछि प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनीहरुलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो ।

उनीहरु उपर विद्युतीय कारोबार ऐन, २०६३ विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्ने “विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानूनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरु” प्रकाशन गरेको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]