०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनकपुरधाम उपमहानगरद्वारा राहत वितरणमा तिव्रता र क्वारेन्टाईन संचालन

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,३० चैत्र।कोरोना भाईरसको महामारीबाट बच्नका लागि देशब्यापी रुपमा जारी लकडाउन १९ औं दिन पुरा गरेको छ ।

लकडाउनका कारण जनकपुरमा दैनिक ज्यालादारी तथा मजदुरी गुजारा गर्ने घरपरिवारलाई सहज र सरल तरिकाले खाद्यान्न सामग्री चरणवद्व तरिकाले बितरण गर्न लागिएको छ ।

लकडाउनको अवधी लामो भएकाले जनकपुरधाम उपमहानगरपालिकाले गरिब तथा बिपन्नलाई चरणवद्वरुपमा राहत बितरण गर्ने लक्ष्य लिएको मेयर लाल किशोर साहले बताए ।

वडा कार्यालयहरुबाट आएको मजदुरको नामावली अनुसार उपमहानगरलाई प्रप्त अनुदान अपुग भए उपमहानगरले आवश्यक बजेट ब्यब्स्था गरी राहत वितरण जारी राख्ने उनले बताए ।

जनकपुर धाम उपमहानगरपालिकाले वडा नं७ भ्रमरपुरा चौक स्थित स्वास्तीका हेल्थ केयर सेन्टरमा क्वारेण्टाईन संचालन गरिएको छ । धनुषाकै १८ वटे स्थानिय तह मध्ये जनकपुरमा सेवासुबिधा सम्पन्न क्वारेन्टाईन संचालनमा आएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]