२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

विद्यार्थी जनमतद्वारा सरकारसँग बिभिन्न माग

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

मनोज कुमार मोरबैता
जनकपुरधाम,३० चैत्र । सिके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले चैत महिनाको स्कुल शुल्क नलिन मन्त्रिपरिषद्बाटै निर्णय गरी निर्देश गर्न माग गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले आईतबार बिज्ञप्ती जारी गर्दै उक्त माग गरेका हुन् । उनले चैत महिनाको घर भाडा छुट गर्न र प्रहरीसम्मलाई निर्देशन दिई कडाईका साथ पालना गर्न लगाउन माग गरेका छन् ।

लकडाउन थप रहन सक्ने भएकाले प्रहरी, डाक्टर, राज्यको सुरक्षामा विद्यार्थीलाई आफ्नो गृह जिल्ला पठाउने व्यवस्था मिलाउन, घर भन्दा बाहिर रहेको मजदुरको दैनिक आम्दानीमा रुकावट आएकाको ठेगाना पत्ता लगाई उसको घर रहेको स्थानिय सरकारलाई निर्देशन दिई रासन पुगाई जिवन रक्षा गर्न पहल गर्न, कतिपय बोर्डिङ स्कुलमा फाईनल परीक्षा नभएकाले ती प्राईभेट स्कुलले तलब पनि नदिएकाले त्यस्तालाई तलब दिई आर्थिक सहयोग गर्न बिज्ञप्तीमा माग गरिएको छ ।

सम्भवतः अनलाइन कक्षाको प्रवन्ध मिलाउन स्कुललाई निर्देशन दिन, कोरोनाको मौका छोपी स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको भ्रष्टचार छुपेको नहुनाले सहज, सम्मानजनक र पारदर्शी रुपमा राहत वितरण गर्न पनि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]