०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

सम्पुर्ण मधेसी तथा गैरमधेसीलाई आत्म संयम हुन गैर आवासीय मधेसी संघको आह्वान

Logo
प्रकाशित आइतबार, चैत्र ३०, २०७६

मनोज बनैता

सिरहा, ३० चैत। कतारमा रहेका मधेसी, गैर-मधेशी समुदाय, संघ, संस्था लगायत  सम्पुर्ण मधेसवासी लाई गैर आवासीय मधेसी संघ ले कोभिड -१९ त्रासको बेला आत्म संयम हुन आह्वान गरेका छन ।

प्रेस विज्ञप्ति जारी गर्दै गैर आवासीय मधेसी संघले कतारमा रहने सबैलाई कतर सरकारको निर्णय र निर्देशन पालन गर्न अनुरोध गर्दै कोरोना वायरस संक्रमण को संभावित जोखिम नियंत्रित मा साथ दिन अनुरोध गरेका छन ।

विज्ञप्ति मा भनिएको छ कि एनारएमए संग जोडिएका सम्पुर्ण मधेसीहरु आ आफ्नो  रूम, कैंप वा आफ्नो क्षेत्रमा रहेका साथीभाइहरुलाई पनि सुरक्षित रहन जानकारी दिनुहोस ।

लकडाउनको समयमा कुनै कारणवस कतर सरकार द्वारा घर पठाईएको खण्डमा वा कम्पनी द्वारा लिनुपर्ने बक्यौता रकम पाईएन भन्ने लकडाउन हटे पछि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरिएको छ ।

विज्ञप्ति द्वारा कोरोना संक्रमितलाई स्वास्थलाभको कामना र ज्यान गुमाएकाहरुको परिवार प्रति सम्बेदना ब्यक्त गरिएको छ ।साथै कसैलाई संक्रमण को शंका लागे कतर सरकार द्वारा जारी गरिएको 16000 मा सम्पर्क गर्न सुझाव दिईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]