१० माघ २०८१, शुक्रबार
24-01-2025 , Fri
×

प्रादेशिक अस्पतालको यस्तो अवस्था खुट्टामा घाउ भएका बिरामी जाच गर्न मान्दैनन

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,१ बैशाख । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाउन बाध्य भएका छन्।

सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १२ मा वेवारिसे अवस्थामा फेला परेको बिरामीलाई स्थानीय जनप्रतिनिधीको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइएको हो । आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ ।उनको दायाँ खुट्टामा ठूलो घाउ बनेको छ ।

घाउमा भन्किरहेको झिंगालाई कबाडीले कागज बेरेर भएपनि सुरक्षा दिन खोजेका छन् । गाउँमा स्वास्थ्यकर्मीले खुट्टा नै काट्नुपर्ने सल्लाह दिएपछि जनप्रतिनिधीको सहयोगमा यहाँ ल्याइएको छ’ उनले भने, “दुई दिन अगाडि नै आफू यहाँ आएपनि कसैले हेरेका छैनन् ।”उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ, जहाँ अहिलेसम्म एक जना स्वास्थ्यकर्मी समेत पुगेका छन् ।

नाम नबताउने शर्तमा एक जना स्वास्थ्यकर्मीले उनको घाउबाट अत्यधिक गन्ध आइरहेकाले कोहि पनि उनको नजिक जान नमानेको बताए ।कबाडीका अनुसार आफूलाई एक जना प्रहरीले दुई समयको खाना दिइरहेको बताए ।यहीं बसिरहेको छु, यहीं खाइरहेको छु’ उनले भने, “घाउको दुःखाई दिनप्रतिदिन बढ्दै गएको छ ।”आकस्मिक कक्षको एउटा कुनामा राखेर स्वास्थ्यकर्मी नगएको सन्दर्भमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले अनभिज्ञता प्रकट गरे । उनले यसबारे आफूले बुझ्ने बताउँदै त्यस्तो भए उनको उपचार गराइदिने बताए ।५७ बर्षीय अविवाहित नइम सर्लाहीको गोडैटा नगरपालिकामा नेपाल तथा भारत दुबैतर्फ कुदन बाध्य भएका व्यक्ति हुन् ।

कहिले सशस्त्रलेभारततर्फ पु¥याउन खोज्ने, अनि एसएसबीले नेपालतर्फ उनलाई खेदने काम सीमामा गरिरहेका थिए’ गोडैटा नगरपालिकाका प्रमुख देबेन्द्र यादवलेभने, “यस्तो अवस्थामा उनको उद्वार गरी घाउ सफा गरेर उनलाई घर पु¥याउन खोजेका थियौं ।”

उनको घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका हो । उनी दुई बर्षअघि नै घरछाडेर निस्केका व्यक्ति भएका कारण परिवारले समेत जिम्मा लिन नमानेपछि नगरपालिकाको एम्बुलेन्सबाट जनकपुरधामस्थित प्रादेशिक अस्पताल पु¥याएको प्रमुख यादवले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]