२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

सिडिओकै सहयोगमा अवैध क्रसर संचालन

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

रंजित चौरसिया
कलैया ,१ बैशाख। विश्वभरी कोरोना भाइरसको त्रास फैलिएकै बेला जिल्ला प्रशासन कार्यालय बाराको सहयोगमा धमाधम क्रसर उधोग सन्चालनमा आउन थालेको छ । एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा प्रमुख जिल्ला अधिकारी लागे पश्चात् बारा जिल्लामा अबैध रूपले दर्जनौ क्रसर सन्चालनमा आएको हो ।

क्रसर उधोगबाट प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनीलाई मोटो रकम आए पश्चात् क्रसर उधोगलाइ केहि नगरेको जिल्ला प्रशासन कार्यालय श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार क्रसर उधोग सन्चालन गर्नको निम्ति सन्चालक आफै प्रती महिनाको हिसाब किताब प्रमुखलाइ बुझाए पश्चात् सन्चालन गर्न दिएको बताए ।

बारा जिल्लामा दर्जनौ क्रसर उधोग सन्चालनमा छ । निजगढ, फेटा, गम्हरिया, कवहिगोठ, कचोर्वा लगायतमा दर्जनौ क्रसर उधोग सन्चालनमा छ । तर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी र जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डित भने मौन हेरिएका छन ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी सङ्ग बुझ्दा क्रसर सन्चालन गर्न नमिल्ने बताए पनि समितीले सन्चालन गर्ने नगर्ने बिषयमा निर्णय गरिने बताउदै पन्छिन खोज्नु भयो । तर जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले फोन उठाएन्न ।

एक जना वहाकै श्रोतका अनुसार जिल्ला प्रशासन कार्यालय बारामा प्रमुख जिल्ला अधिकारी पन्डित आउनसाथ क्रसर उधोगका एक जना सन्चालकले भव्य स्वागत गर्नुको साथै आर्थिकबाट समेत सहयोग गरेको बताए । गृहमन्त्रीको आशराले जिल्ला प्रशासन कार्यालय बारामा आउन सफल भएका प्रमुख जिल्ला अधिकारी पन्डित हालको समयमा पनि ब्रम्हलूट मचाएको श्रोतको दाबी रहेको छ । तसर्थ : यस्ता भ्रष्टाचारलाई बढवा दिने प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयले तह लगाउन जरुरी देखिन्छ । नत्र आउने दिनमा भ्रष्टाचारको साथ साथै अपराधी क्रियाकलाप समेत बढ्न नसक्ने भनिन्न सकिन्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]