१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

भोरको अध्यक्षमा पचुलाल

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम, १ बैशाख । भोर, अनुसन्धानमा आधारित अभियानी तथा परोपकारी संस्थाको नयाँ कार्यसमिति चयनभएको छ । पचुलाल माझी मुसहरको नेतृत्वमा नयाँ समितिको चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा मिथिलेश गुप्ता, महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा सरोज दुलाल, सचिवमा समता यादव र कोषाध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ ।

सुरेश बिडारी, नित्यानन्द मण्डल, अर्जुन श्रेष्ठ, मुस्कान खातुन र राजेश रामलाई सदस्यमा चयन गरिएको छ ।

आगामी तीन वर्षको लागि नयाँ कार्यकारी समिति चयन गरिएको भोरका संस्थापक राजकुमार महतोले जानकारी दिए । विगत एक दसक देखि सामाजिक, सांस्कृतिक तथा आर्थिक मुद्धामा विभिन्न अभियानहरु संचालन गरिरहेको भोरको केही हप्ता अगाडि सम्मन्न महाधिवेशनबाट नयाँ समितिबनाइएको उनले बताए ।

भोरले प्रत्येक तीन वर्षमा महाधिवेशनको बेला पछाडी पारिएको वर्ग, समाज, देश र प्रकृतिको सेवा गर्न इच्छुक, प्रतिबध र सकारात्मक सोच भएका केही व्यक्तिहरुलाई साधारण सदस्यता प्रदान गर्ने गरेको छ । त्यस अनुरुप गत फागुनमा सम्पन्न भोरको महाधिवेशनले धनुषाका नित्यानन्द मण्डल, सप्तरीकी सलिता सदा, रौतहटका राजेश राम, पर्साकी खुश्बु नेशा र मुस्कान खातुन गरी पांच जनालाई भोरको साधारण सदस्यता प्रदान गरिएको महतोले बताए ।

भोरले विगत एक दसक देखि संचालन गरि रहेको अभियानहरुमा अहिले सम्म प्राप्त उपलब्धि, सिकाई, देश र समाजमा परिवर्तीत अवस्थालाई मध्यनजर गरी परिमार्जन गरिएको छ । जसलाई नयां दसक २०२०–२०३० सम्म परिवर्तीत रुपमा संचालन गरिने उनले बताए ।

साथै नयां दसक २०२०–२०३० को लागि भोरले तीन वटा नयां अभियान घोषण गरेको छ । महाधिवेशनबाट चयन भएको नयां कार्यकारी समितीले परिमार्जित ७ अभियान र ३ नयां अभियानलाई अनुमोदन गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]