१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

प्रहरी र स्थानीयबीच झडप भएपछी अवस्था तनाब स्थानीय भागाभाग

Logo
प्रकाशित सोमबार, बैशाख ०१, २०७७

न्यूजमधेश सम्बादाता
लाहन ,१ बैशाख । सिरहाको सिरहा नगरपालिका १७ पटेर्बामा प्रहरी र स्थानीयबीच झडप भएपछि अवस्था तनाब ग्रस्त स्थानिय भागाभाग भएको छ ।

अहिले कोरोना भाइरस विश्वभर त्रास फैलाएको अवस्थामा नेपाल सरकार कोरोनाको रोकथाम गर्नको लागि देशव्यापी गरेको छ ।त्यसैक्रम मा सिरहाको पटेर्वामा लकडाउन उल्लंघन गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटेपछि झडप भएको स्थानीयले जानकारी दिएको छ ।

झडपमा केहि सुरक्षाकर्मी घाईते भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी जयराज सापकोटाले जानकारी दिए । उनका अनुसार लकडाउनको पालना गराउन पुगेका प्रहरीमाथि स्थानीयले जाइलागेपछि झडप भएको हो । प्रहरीले २३ राउण्ड हवाई फाइर पनि गरेका छन्

उनले प्रहरीले हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको बताए । उनले प्रहरीमाथि आक्रमण गर्नेहरुको खोजी भइरहेको पनि जानकारी दिए । अहिले भर्खर घटना भएकाले विस्तृत वितरण आउन नसकेको उनको भनाई छ ।

झडपपछि गाउँमा भागाभाग मच्चिएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद घिमिरे समेत घटनास्थल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]