२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

नीलगाई मृतावस्थामा फेला

Logo
प्रकाशित बुधबार, बैशाख ०३, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,३ बैशाख । जिल्लाको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।

जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो । वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले बताउनुभयो ।

अहिले दैनिक रुपमा वनमा डढेलो लाग्ने गरेकाले आगोको डरले वन्यजन्तुहरु वन छाडेर गाउँवस्तीतिर पस्ने गरेका छन् । सोही क्रममा वैशाख १ गते चिनीमिलमा पसेर फँसेको नीलगाई मृत फेला परेको प्रमुख साहले बताउनुभयो ।

नीलगाई चिनी मिलमा फँसेको जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा जिल्ला वन कार्यालयबाट उद्धारका लागि पुगेका टोलीले सो नीलगाई मृतावस्थामा फेला पारेको उहाँले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]