१० कार्तिक २०८२, सोमबार
27-10-2025 , Mon
×

नगरपालिकाले मध्यरातमा अफिसियल पेजबाट पत्रकारलाई दिए धम्की

Logo
प्रकाशित बिहिबार, बैशाख ०४, २०७७

मनोज बनैता
सिरहा, ४ बैशाख। पित्त पत्रकारिता गरेको भन्दै लाहान नगरपालिकाको अफिसियल पेजबाट राति ११:५० मा धम्कीयुक्त स्टेटस पोस्ट भएको छ । नयाँ पत्रीका दैनिकमा सिरहा सम्बादाताका रुपमा काम गर्ने पत्रकार मणि लाल बिश्वकर्मा लाई लक्षित गरि उक्त पोस्ट गरिएको खुलेको छ । हिजो राहत बितरणमा भएको कमिकमजोरी समेटी समाचार प्रकाशित गरेकोमा उनलाई यस्तो धम्की दिईएको उनी बताउँछन् ।

पेजमा लेखिएको छ ‘कोभिड-१९ को विश्वव्यापी महामारीले आक्रान्त आम जनतालाई स्थानीय सरकारले गरेको राहत सहयोगलाई लिएर निराधार सामाचार सम्प्रेषण गर्ने पित्त  पत्रकारिता गर्ने पत्रकारलाई कठघडामा उभ्याउनु आजको आवश्यकता हो। यस्तो विषम परिस्थितिमा पनि राजनैतिक दुनो सोझ्याउने पर्दा पछाडिका खलनायकलाई नङ्याउनु जरुरी छ। खरबौंको घाटा बेहोरिरहेको विश्व जगतले कोरोना भाइरसबाट मुक्ति खोजेको बेलामा आम जनजीवनलाई जिवित राख्ने माध्यमलाई अवरोध गर्ने तत्वलाई निषेध गर्नु आजको आवश्यकता हो ।’

यसरी स्थानीय निकायले समाचार सम्प्रेषणको बिषयमा कुनै पत्रकारलाई धम्की दिनु निन्दनीय हो भन्दै निज पत्रकार ले नगरपालिकालाई आफ्नो त्रुटि सच्चयाउन आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]