०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउ : अध्यक्ष यादव

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डु ,५ बैशाख।रोजगारीको क्रममा विदेशमा फसेका नेपालीलाई सुरक्षित रुपमा ल्याउन समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माग गरेका छन् ।

भारत बाहेकका देशमा लगभग ६० लाख नेपाली नागरिक विदेशमा रहेको उल्लेखगर्दै पूर्व विदेशमन्त्री समेत रहेका यादवले भने, उनीहरुले नै पठाएको विप्रषण(रेमिट्यान्स) अथवा वैदेशिक रोजगारीबाट कमाएको पैसाको भरमा देश चलेकोछ ।

‘ कुल बजेटको लगभग २३ प्रतिशत भाग रेमिट्यान्सले नै ओगटेकोछ ’ समाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिकगर्दै यादवले भने, तर विदेशमा रहेका नेपालीहरू अहिले भारत, मलेशिया , कतार , कोरिया, दुबई , सउदीअरब लगायतका मुलुकहरूमा बिचल्लीमा परेका छन् । उनीहरु आफनै मातृभूमिमा आउन चाहेको उल्लेखगर्दै यादवले भने, सरकारले कुनै चासो नलिई बेवास्ता गरेको छ ।

‘स्वदेश फर्कन चाहने नेपालीहरुलाई ल्याउन सरकारले चासो नलिनु दुखद र गैरजिमेवार काम हो ’ अध्यक्ष यादवले भने, नेपाल सरकारले उनीहरुलाई स्वदेश फर्काउने काम चाँडो गरोस् ।
यसैबीच सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आदेश दिएको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्धारका लागि पहल गर्न बिहिवार अन्तरिम आदेश दिएको हो ।
अदालतको आदेशमा विदेशमा जोखिममा रहेकाहरु अनियन्त्रित र अव्यवस्थित रुपमा नेपाल प्रवेशबाट थप जोखिम हुने उल्लेखछ । नागरिकलाई त्यसबाट जोगाउनका लागि नागरिकको स्वास्थ्य र सुरक्षाको हितलाई ध्यान दिँदै उद्धार गर्न अदालतले आदेश दिएको छ ।

नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमबाट संरक्षण गर्न नागरिकको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्दै सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक व्यवस्थापकीय पहल गर्न अदालतले अन्तरिम आदेश जारी गरेकोछ ।

विदेशमा रहेका पीडित नेपालीहरुले स्वदेश फर्काउन सरकारलाई आग्रहगर्दै आफ्ना पीडा सहितको भीडीयोहरु समाजिक सञ्जालमा अपलोड गर्न थालेका छन् । कतिपय देशले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता लैजान दबाब दिइरहेको बेला रिट निवेदकले उठाएको विषयमा राज्यले टुलुटुले हेरेर बस्न नसक्ने आदेशमा उल्लेखछ ।

महामारीको अवस्थामा सरकारले वैदेशिक रोजगारीमा गएका नागरिकको हकमा तत्कालै पर्याप्त र प्रभावकारी थप प्रयास गर्न आवश्यक देखिएको अदालतको आदेशमा उल्लेख छ ।
आप्रवासी नेपाली कामदारलाई कोभिड १९ बाट बचाउन परमादेशलगायतका आज्ञा आदेश माग गर्दै अधिवक्ता सोमप्रसाद लुइँटेल, प्रकाश खनाल र सुदीप देवकोटाले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

यस अघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलेपनि विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वेदश फर्काउन माग गरेका थिए ।तर सरकारले वास्ता गरेको छैन् ।विदेशमा रहेका नेपालीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइन लगायत सम्पूर्ण स्वास्थ्य परीक्षणको प्रकृया पुरा गर्न सरकारलाई विभिन्न निकायहरुले सुझाव दिएपनि त्यस विषयमा हाल सम्म कुनै निर्णय भएको छैन् ।

परदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल नगरेपनि सरकारले काठमाण्डुमा रहेकाहरुलाई बाहिर जान दिने विषयमा छलफल गरेपनि प्रदेश सरकारको विरोधको कारण त्यो संभव हुन सकेको छैन् ।तर लकडाउन उल्लंघनगर्दै पैदल नै मानिसहरु आ–आफ्ना घर फर्किन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]