१८ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

मेयर बर्बरियाको योजनामा पत्रकार कुटिए,लाठिको बलमा दादागिरी

Logo
प्रकाशित शुक्रबार, बैशाख ०५, २०७७

न्युज मधेस सम्बाददाता

जनकपुरधाम,५ बैसाख।
विश्व महामारी कोरोनालाई लिएर सरकार सचेत रहेको समय धनुषाको एक स्थानिय तहका नगरप्रमुखले लाठिको आडमा राजनिती गरिरहेको समय क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ गर्न पुगेका दुई पत्रकारलाई योजनाकार नगरप्रमुखले कुट्न लगाएका छन।

धनुषाको शहिदनगर नगरपालिकामा निर्माण गरिएका क्वारेन्टाइन जिल्लाभरिमै परिक्षणको आधारले नमुना रहेको भन्दै नगरप्रमुख उदयकुमार बर्बरिया यादवले सामाजिक सन्जालमा प्रचारबाजी गरिरहेका बेला जनकपुरबाट क्वारेन्टाइनको अवस्था बुझ्न तथा रिपोर्टिङ्ग गर्न पुगेका दुई पत्रकार मनोज मोरबैता तथा सिबेन्द्र रोहितालाइ नगरप्रमुख बर्बरियाले योजनाबद्ध तरिकाले गुण्डाको शैलिमा कुटपिट गरेका छन।

कुटपिट गरेका ती युवाहरुले आफू संग रहेको संचारसामाग्री क्यामरा र ल्यापटप समेत खोसिएर लगेको संचारकर्मी रोहिताले बताए।

कुटिएका दुई पत्रकारहरु मनोज जनकपुर टुडेमा कार्यरत छन भने सिबेन्द्र रोहिता टुडेखोज अन्लाइनमा कार्यरत छन।

“हामी शहिदनगरको क्वारेन्टाइनको अवस्थाबारे रिपोर्टिङमा पुगेका थियौ,त्यहाको अवस्था दयनिय छ।त्यहा आउने जाने तथा खटिएका स्वास्थ्यकर्मी समेतको लागि कुनै सुरक्षा ब्यबस्था छैन।कोरोनाको आशंकामा राखिएको बिरामिको लागि समेत कुनै ब्यबस्था गरिएको छैन।हामिले त्यहा पुग्दा अधिकृत लगायत  स्वास्थ्यकर्मीको बाइट लियौ।मेयर बर्बरिया एकछिनमा आउँछ भनेर बुझेपछी आधी घण्टा पर्खियौ पनि तर मेयर नआएपछी हामी लाग्यौ।साथिहरु संग कोयलपुरमा कुरा गर्दैगरेको बेला अचानक आएका अज्ञात ४ जनाको युवाको समुहले हामिमाथी निर्घात कुटपिट गर्यो।”सन्चारकर्मी मोरबैताले बताए।

कुटपिटबाट गम्भीर घाइते दुबैजनालाइ प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेका छन।पिडित संचारकर्मी रोहिता र मोरबैताले आवश्यक खोजबिन र सत्यथ्य पता लगाइ कार्वाहिको माग गरेका छन।

घटनाको निहुँ :
सामाजिक सन्जालमा बढी लोकप्रियता दर्साउने नगरप्रमुख उदयकुमार बर्बरियाको नगरमा जनताको असन्तुष्टि रहेको खबर पाउनासाथ एक हप्ता अगाबै मात्र पत्रकार मनोज कुमार मोरबैता रिपोर्टिङ गर्न पुगेको थिए।त्यहां लकडाउन प्रभाव नदेखिएको तथा इटाभट्टा बारे समाचार सम्प्रेसन गरेको थियो।

मेयरलाइ यो कुरा अपच भएपछी आफ्ना निकटतम एक युवा सुरेन्द्र यादवद्वारा विभिन्न धाक धम्की समेत दिलाउन लगाएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]